मैत्रीपूर्ण टी-२० क्रिकेटमा नेपाल हङकङसँग ७३ रनले पराजित

SHARE:

काठमाडौं ९ मार्च २०२४ ।

मैत्रीपूर्ण टी-२० क्रिकेटमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको छ ।

मोङ ककमा घरेलु टोली हङकङले दिएको २ सय १३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २० बल बाँकी छँदै १ सय ३९ रनमा समेटियो । १० ओभरमा २ विकेट गुमाएर १ सय ४ रन बनाएको नेपाल त्यसपछि लगातार विकेट गुमाउँदै धराशायी बन्न पुगेको थियो ।

नेपालका लागि बिनोद भण्डारीले सर्वाधिक ४२, आरिफ शेखले ३८, र कप्तान रोहित पौडेलले ३० रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । गुल्सन झाले ८, रासिद खानले ३, कुशल भुर्तेल, र आकाश चन्द र सन्दीप जोराले २र२ रन बनाउँदा विवेक यादव एक र प्रतिस जिसि शून्यमा आउट भए । नेपाललाई सस्तैमा समेट्न हङकङका ऐजाज खानले सर्वाधिक ४ विकेट लिए। इसान खानले ३,नसरूल्ला राना, अतिक इकवालले एकरएक विकेट खसाले ।

यसअघि टस हारेर पहिला ब्याटिङमा आएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १२ रनको विशाल योगफल बनाएको हो । १७ छक्का र १३ चौका प्रहार गरेको हङकङका बाबर हायातले शतकीय पारी खेले । ४९ बल खेलका उनले १३ छक्का र ३ चौका प्रहार गर्दै १ सय १० रनको महत्वपूर्ण योगदान गरे । नेपालका लागि आकाश चन्दले ३, रासिद खान, प्रतिश जिसि र आरिफ शेखले समान एकरएक विकेट लिए । टी-२० आई त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली हङकङ गएको हो ।

सिरिजको पहिलो दिन आइतबार नेपाल र हङकङबीच प्रतिस्पर्धा हुनेछ । यस्तै नेपालले फागुन २९ गते पपुवान्युगिनीसँग दोस्रो खेल खेल्ने तालिका छ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ । आइसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!