नेपालको राष्ट्रिय सभाका अध्यक्ष दाहालद्वारा पदभार ग्रहण

SHARE:

काठमाडौं १२ मार्च २०२४ ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पदभार ग्रहण गरेका छन् ।

सिंहदरबारस्थित कार्यकक्षमा पुगेर मंगलबार साँझ उनले पदभार ग्रहण गरेका हुन् । पदभारका क्रममा उनले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ४० मा भएको व्यवस्थाअनुसार राष्ट्रिय सभामा मन्त्रीहरूसँग प्रश्नोत्तर गर्न सकिने भएकाले त्यसका लागि राष्ट्रिय सभा सदस्यहरूका लागि अभिमुखीकरण सञ्चालन गर्ने निर्णय स्वीकृत गरेका छन् ।

पदभार ग्रहणअघि शितलनिवासमा दाहालले शपथ लिएका थिए । मंगलबारको राष्ट्रिय सभा बैठकमा भएको निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार दाहाल राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

दाहालले ३९ मत ल्याएका थिए भने नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माले १७ मत ल्याएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!