लन्डनस्थित नेपाली दूतावासले मनायो नेपाली सेना दिवस

SHARE:

लण्डन १२ मार्च २०२४ ।

लन्डनस्थित नेपाली दूतावासमा एक विशेष समारोहबीच २६१ औं नेपाली सेना दिवस मनाइएको छ ।

समारोहमा बेलायत सरकारका विदेश तथा रक्षा मन्त्रालयका अधिकारी, बेलायती सेना र गोर्खा ब्रिगेडका प्रतिनिधि, अमेरिका, साउथ अफ्रिकासहित विभिन्न मुलुकका बेलायतस्थित सैन्य सहचारी र नेपाली समुदायका अगुवालगायतको उपस्थिति थियो । कार्यक्रमका प्रमुख अतिथी बेलायती सेनाका लेफ्टीनेन्ट जनरल रिचार्ड वार्डलले नेपाली सेनालाई बेलायतले निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनी ब्रिगेड अफ गोर्खाजका कर्णेल कमाण्डेन्ट तथा गोर्खा वेलफेयर ट्रष्टका अध्यक्ष पनि हुन् । वार्डलले ब्रिटिश सेनाले नेपाली सेनासंग सहकार्य गर्दै आएको र भविष्यमा पनि सहयोग निरन्तर रहने बताए । उनले ब्रिटिश गोर्खाज् र बेलायत नेपाल ऐतिहासिक सम्बन्धको समेत चर्चा गरे । बेलायत र नेपालका उच्च सैन्य अधिकृतहरुको भ्रमण आदानप्रदानले द्धिपक्षीय सम्बन्ध थप प्रगाढ बनेको उनको भनाइ थियो ।
उनले गत जनवरी अन्तिम सातामात्र नेपाल गएर राष्ट्रपतिसमक्ष ब्रिगेड अफ गोर्खाजको वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले समर्पण, तटस्थता र व्यवसायिकताका कारण नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसन विश्वास जितिरहेको बताए । राजदूत आचार्यले बेलायत तथा नेपालबीचको दुई शताब्दी लामो मैत्री सम्बन्धमा दुई देशका सेनाको निकट सम्बन्धले पनि महत्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गरे । समारोहका होष्ट एवं लन्डन दूतावासका सैन्य सहचारी कर्णेल अनुप शाहले स्वागत मन्तव्य दिंदै नेपाली सेना आफ्नो स्थापनाकालदेखि नै नेपाली जनताको सुःखदुःखको साथी बन्दै आएको उल्लेख गरे ।

उनले नेपाली सेनाले देशमा शान्ति कायममात्र होइन्, विकास निर्माण, प्राकृतिक विपत्तिमा सहयोग, प्रकृति संरक्षण आदिमा काम गरिरहेको समेत बताए । गत ५ मार्च २०२४ सम्म नेपाली सेनाले विश्वभर १२ शान्ति मिसनमा सेना तैनाथ गरेको र सेनाको योगदानका हिसाबले नेपाल विश्वमा पहिलो स्थानमा रहेको पनि शाहले जनाए ।

हाल ६ सय ६२ महिलासहित ५ हजार ८ सय ९० नेपाली सैनिक विश्वका विभिन्न १२ वटा मिसनमा कार्यरत छन् । राष्ट्रसंघले अनुरोध गरे नेपालले १० हजार शान्ति सैनिक उपलब्ध गराउने प्रतिबद्धता जनाएको पनि शाहले उल्लेख गरे । नेपाल सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेदेखि संयुक्त राष्ट्रसंघका अधिकांश शान्ति अभियानमा सक्रिय सहभागी हुँदै आएको छ । त्यसयता संयुक्त राष्ट्रसंघका ४४ वटा मिसनमा एक लाख ५० हजार ८९१ भन्दा बढी नेपाली सेना सहभागी भइसकेका छन् ।

सेना दिवसका अवसरमा प्रमुख अतिथि वार्डलो र राजदूत आचार्यबाट संयुक्त रुपमा केक काटेर दिवसको खुशीयाली मनाइएको थियो । उक्त कार्यक्रम उपनियोग प्रमुख रोशन खनालले सञ्चालन गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!