लण्डन १२ मार्च २०२४ ।

ग्रेटर रसमूर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले इन्फरमेसन,ट्रांन्सफर्मेसन, समाबेसिता र प्रेरणा उदेश्यक साथै नेपाल बाट आमन्त्रित राष्ट्रिय ख्याती प्राप्त कलाकार तथा सामाजिक अभियानताका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।
आइतबार अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रमको शुरूआतमा महासचिव शुशीला थापामगरले स्वास्थ्य र सुरक्षाबारे प्रस्तुती दिएकी थिइन् । कार्यक्रम पनि उनैले सञ्चालन गरिन्। प्रमुख अतिथि नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, विशेष अतिथि रस्मोर बरो काउन्सिल मेयर काउन्सिलर क्लाइभ ग्रेटन तथा जीआरएनसी अध्यक्ष मनबहादुर गुरुङ र उपाध्यक्ष सुष्मा गुरुङले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । त्यसपछि उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुषमा गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् ।

उपनियोग प्रमुख खनाल र मेयर ग्रेटनले शुभकामना र अध्यक्ष्य मन गुरुङ ले धन्याबाद मन्तब्य थिए। कार्यक्रमको दोस्रो चरणमा लीला सेलिङ माबो , स्वास्थ्य तन्दुरुस्त सम्बन्धि मन गुरुङ ले ताइचि वारम अप, किकोंग, प्राणायाम (योगा) र आकासा हिलिङ्ग, सुष्मा गुरुङ, डा बिशाल गुरुङ, गोमा राना ले नारी दिवससम्बन्धी कविता प्रस्तुत गरेका थिए । बीबीसीको प्रभावशाली महिलामा पर्न सफल सपना रोकामगर, प्रमीला लाबुङ, सुजना थापा, मखेल्छुका अन्जु र कृष्ण गुरुङ, पुष्पा सुनुवार, डा. जित तामाङ, आरएनआरसी अन्जु गुरुङ र शर्मिला कुँवरले पनि आफ्नो आफ्नो बिसयमा जानकारी प्रस्थुत गरेका थिइन। अल्ट्रा धावक मिरा राईले नेपालबाटै भर्चुअल माध्यमबाट सहभागी भएर आफ्नो भनाइ तथा अनुभव सुनाएकी थिइन् ।
कार्यक्रमको बीच बीचमा नृत्य प्रस्तुत गरिएको थियो भने सांस्कृतिक सचिव दिनेश गुरुङले बाँसुरी बजाएर मनोरञ्जन प्रदान गरेका थिए । त्यसपछि नेपालबाट आएका विभिन्न सामाजिक व्यक्तित्वहरूले शुभकामना मन्तव्य तथा अनुभव आदानप्रदान गरेका थिए । अतिथि हरुमा बि बि सी १०० महिला प्रभाकरिता मा पर्न सफल सामाजिक अभियन्ता सपना रोका, उपमेयर काउन्सिलर मारा मकुनुरा, तमुधी युकेका अध्यक्ष्य हरि गुरुङ तथा आमा समूह अध्यक्ष्य सन्ध्य गुरुङ, गोर्खा आमा समूह अल्डरसट को अध्यक्ष्य धन माया गुरुङ, चित्रकार सुजन थापा लगाएत महिला नेत्रीहरु थिए भने स्टल मा गोर्खा वेलफेएर यु के,सिटिजन एडभाइस, रुश्मूर होउसिङ्ग, मखेल्छु, अर यन अर सी, गोर्खा सेन्टर, मेन्टल हेल्थ आदि ले स्टल राखेका थिए ।
मुख्य औपचारिक कार्यक्रम सकिएपछि सांस्कृतिक कार्यक्रम भएको थियो । सांस्कृतिक सचिव दिनेश गुरुङले सञ्चालन गरेको सांस्कृतिक कार्यक्रममा लोकदोहोरी गायक तथा गायिकाहरू सविन कोके गुरुङ, निर्जला गुरुङ र मुना मगरले गायन तथा नृत्यमार्फत सबैलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रम सफल सफल गर्न सहयोग गर्ने सबैलाई अध्यक्ष्य गुरुंगले धन्यवाद दिए ।






