- लण्डन १३ मार्च २०२४ ।

नेपाली समाज विल्टशायरले नयाँ वर्ष २०८१ को अवसरमा विशेष भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ ।
आगामी वैशाख १ गते अर्थात् ७ अप्रिलमा नयाँ वर्षलाई विशेष भेटघाट एवं आदानप्रदान साटासाट गरी मनाउन लागेको नेपाल समाज विल्टशायर बेलायतका अध्यक्ष ज्ञानप्रसाद गुरुङले जानकारी दिए ।
कार्यक्रममा पन्जाबी कम्युनिटी हल स्वीन्डनमा दिउँसो २ बजेदेखि रातिको १० बजेसम्म हुनेछ । कार्यक्रममा उपस्थितिका लागि अध्यक्ष गुरुङले बेलायतवासी नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई निमन्त्रण गरेका छन् ।
आयोजकका अनुसार टिकट दर अग्रीम बुकिङ गरेमा २५ र ढोकामा किन्दा ३० पाउन्ड रुपैयाँमा रहेको छ ।






