लिला सेलुङ माबो
१४ मार्च २०२४ – बेलायत। ग्रेटर रशमूर नेपाली कम्मुनिटी (जिआरएनसी) ले आगामी सुक्रबार १३ अप्रिल २०२४ को साँझ नेपाली नयाँवर्ष २०८१ मनाउने भएको छ ।
नेपाली नयाँवर्ष २०८१ भब्य रुपले मनाउनको लागि नेपाल देखि ख्याती प्राप्त कलाकारहरुलाई आमन्त्रण गरिएको छ भने विभिन्न संघ संस्थाहरुका विशिष्ट व्यक्तित्वहरु पाहुनाको रुपमा निमन्त्रणा गरिएको छ।
उक्त नेपाली नयाँवर्ष २०८१ को कार्यक्रममा स्थानीय बालबालिकाको नेपाली गीत, नेपाली संस्कृतिक गितमा नृत्यलगायत अतिथि कलाकारहरु गित तथा नृत्य प्रस्तुत गर्ने भएको छ।
कार्यक्रम प्रमुख संयोजक उपाध्यक्ष डा. बिशाल गुरुङले नेपाली नयाँवर्ष २०८१ को सम्पूर्ण कार्यहरुको पुर्ब तयारी भैसकेको बताएका छन । यस बर्ष जिआरएनसीको मुखपत्र “चिनारी” को दोस्रो संस्करण बिमोचन हुने डा. गुरुङले अबगत गराएका छन ।
नेपाली नयाँवर्ष २०८१ को टिकट जेष्ठ नागरिक र युवाहरुको लागि सुलब दरमा राखिएको छ भने १२ बर्ष भन्दा मुनिका बालबालिकालाई निशुल्क ब्यबस्था गरिएको जिआरएनसीका अध्यक्ष मान गुरुङले जानकारी दिएका छन।






