जनताको आवाजलाई सम्बोधन गर्नेगरी काम गर्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

SHARE:

काठमाडौं १९ मार्च २०२४ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण प्रधानमन्त्रीका रूपमा आफ्नो पदका कारणले नबनेको स्पष्ट पारेका छन् ।

सरकारमा सहभागी पाँच राजनीतिक दलको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले समृद्धिको यात्रामा जानुपर्छ भन्ने उद्देश्यका साथ नयाँ समीकरण बनेको स्पष्ट बताए ।

“जनतामा सुशासन र समृद्धिको आकाङ्क्षालाई तीव्रताका साथ गुणात्मक तवरले सम्बोधन गर्ने ऐतिहासिक आवश्यकतासँग यो समीकरण बनेको छ”, उनले भने, “नयाँ काम सुरु भएका छन्, जनताको आवाजलाई सम्बोधन गर्नेगरी काम गर्नु पर्छ ।”उनले जनतामा नयाँ आशा जगाउने र राष्ट्रको बृहत्तर हितलाई केन्द्रमा राखेर नयाँ समीकरण बनेको स्पष्ट पारे । प्रधानमन्त्री दाहालले सबै मन्त्री, सचिव एवं कर्मचारीलाई पछिल्लो परिस्थिति अनुसार काम गर्न दिर्नेशन दिए ।

“जनतामा नयाँ आशा र भरोसा जगाउने कुराको कुनै विकल्प छैन”, प्रधानमन्त्री दाहालले भने, “यो सङ्कल्प र समीकरणबाट पनि जनतामा सेवा प्रवाह भएन, जनतामा आशा जगाउन सकिएन र विकासमा गति दिन सकिएन भने देश अप्ठ्यारोमा जाने खतरा छ, जनताका पक्षमा काम गर्नुहोला ।”

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!