लन्डन । नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा पीडितहरूको राहत र सहयोगका लागि पुन मगर समाज यूकेले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको छ।
समाजले बाढीका कारण प्रभावित बनेका नेपालीहरूलाई राहत पुर्याउने उद्देश्यले सहयोग रकम संकलन गरिरहेको जनाएको छ। समाजले बेलायतमा रहेका नेपाली समुदाय तथा सहयोगी मनहरूलाई आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरी अभियानमा सहभागी हुन अपिल गरेको छ।
समाजले ‘सानो सहयोग, विपद्मा परेकाहरूका लागि ठूलो सहारा’ भन्ने भावनासहित सहयोगका लागि आह्वान गरेको छ। संकलित रकम बाढीपीडितहरूको राहत तथा सहयोगमा उपयोग गरिने जनाइएको छ।
पुन मगर समाज यूकेको सार्वजनिक सूचनाअनुसार सहयोगका लागि Account Name: Pun Magar Society United Kingdom, Account Number: 63738868 र Sort Code: 30-64-57 रहेको छ।
सहयोग अभियानका लागि समाजका कोषाध्यक्ष गंगा खोरजा र सचिव धन पुर्जालाई सम्पर्क गर्न सकिने जनाइएको छ।
समाजले विपद्को यस कठिन घडीमा सबैको सानो–सानो सहयोगले बाढीपीडित परिवारलाई ठूलो राहत पुग्ने भन्दै अभियानमा जोडिन आग्रह गरेको छ ।






