काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरिरहेको राहत अभियान नवौँ दिनमा पनि निरन्तर जारी रहेको छ।
अभियानअन्तर्गत नुवाकोटमा बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै प्रभावित क्षेत्रको स्थलगत अवलोकन, अस्पताललाई इन्धन सहयोग, किरियापुत्री घरमा राहत सामग्री हस्तान्तरण तथा विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी)सँग सहयोग जुटाउने विषयमा समन्वय गरिएको एनआरएनए सचिवालयले जनाएको छ।








