
तमाण्डु स्मृति दिवस सम्पन्न
कलर सार्जन्ट उत्तर बहादुर गुरुङ – बेलायत
भुतपुर्बक गोर्खा सेकेण्ड King Edward Own गोर्खा राफल्स, सेकेण्ड बटालियनले बिगतका बर्षहरुमा झै गत सनिवार १६ मार्चका दिन बेलायतको मिचेटस्थित तमुधी युकेको भवनमा तमाण्डु स्मृति दिवस मनाएका छन।
तमाण्डु स्मृति दिवस मनाउनका मुख्य कारण दोस्रो बिश्व युद्धताका बर्माको लडाईमा भिसी भानुभक्त गुरुङले बहादुरी देखाएबापत उनलाई भिसी मेडल प्रदान गरिएको थियो।
तमाण्डु स्मृति दिवसमा क्याप्टेन लाल बहादुर रानाले तमाण्डु डेको बारेमा उपस्थित सम्पुर्णलाई तमाण्डु स्मृति दिवसको विवरण वाचन गरेका थिए।
तमाण्डु स्मृति दिवसको औपचारिक कार्यक्रमलगायत आपतकालीन स्थितिको सुचना क्याप्टेन नर बहादुर गुरुङ एमभिओ बिइएमले संचालन गरेका थिए भने Brigadier Jhon Brewer CBE ले तमाण्डु स्मृति दिवसको बारेमा आफ्नो कुरा राखेका थिए।
उक्त कार्यक्रममा प्रमुख संयोजक कलर सार्जन्ट उत्तर बहादुर गुरुङले स्वागत मन्तब्य राखेका थिए भने सो कार्यक्रमलाई भवानी गुरुङ, शान्त गुरुङ, लिल गुरुङ, ले. मुक्ति गुरुङलगायत धेरै सदस्यहरुले सहयोग रहेको थियो।
कार्यक्रममा Brigadiers John Brewer CBE, Brigadier Vernun Beauchamp साहेबलगायत बटालियनका अफिसर साहेबहरु, सनियर एनसीओ गुरुजीहरु, जुनियर एनसीओ, जवानहरु र उनका परिवारहरुको उपस्थिति रहेको थियो।
तमाण्डु स्मृति दिवसमा विग आइडल २०११ का बिजेता गौतम परिवारले उपस्थित दर्शकहरुलाई भरपुर मनोरंजन दिएका थिए।








