जापानी सम्राट नारुहितो जुनमा बेलायत भ्रमणमा आउने

SHARE:

लन्डन २४ मार्च २०२४ । जापानका सम्राट नारुहितो र साम्राज्ञी मासाकोले आगामी जुन महिनाको अन्त्यतिर करिब एक साताका लागि बेलायतको भ्रमण गर्ने भएका छन् ।

बेलायती राजा चार्ल्स तृतीयले ‘आफू पनि क्यान्सरसँग लडिरहेको’ बताएको केही सातापछि वेल्सकी राजकुमारी क्याथरिनलाई क्यान्सर भएको शुक्रबार खबर सार्वजनिक भएको थियो । सन् २०२२ को सेप्टेम्बरमा महारानी एलिजाबेथ द्वितीयाको राजकीय अन्त्येष्टिमा भाग लिन बेलायत गएका जापानी शाही दम्पतीको त्यसपछिको यो पहिलो बेलायत भ्रमण हो ।

राजा चार्ल्सको गद्दी आरोहणपछि यो उनीहरूको दोस्रो अन्तर्राष्ट्रिय सद्भावना भ्रमण हो । उनीहरूले गत वर्ष इन्डोनेसियाको भ्रमण गरेका थिए ।

‘योमिउरी शिम्बुन’ पत्रिकाका अनुसार दुवै देशका सरकारले राजाको उपचार तालिकामा ध्यान दिएर भ्रमणको योजना बनाइरहेका छन् । जिजी प्रेसले पनि भ्रमणको कार्यतालिका ‘सावधानीपूर्वक’ मिलाइएको जनाएको छ।

जापानी शाही दम्पतीले राजकीय अतिथिका रूपमा बेलायतको भ्रमण गर्नुका साथै लण्डनको बकिङ्घम प्यालेसमा आयोजना हुने स्वागत समारोह तथा भोजमा सहभागी हुनेछन् । उनीहरूले विभिन्न समयमा अध्ययन गरेका अक्सफोर्ड विश्वविद्यालयको भ्रमण पनि जापानी सम्राट्को भ्रमण तालिकामा रहने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा जापानी राष्ट्राध्यक्ष नारुहितो र साम्राज्ञी मासाकोले बेलायती प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नीसँग भेटवार्ता गर्ने र मध्यान्नको भोजमा सरिक हुने बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!