बीसीसी युकेद्वारा लोपेन नोर्बुको स्वागत

SHARE:

लण्डन ९ अप्रिल २०२४ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेद्वारा बौद्ध धर्मगुरु लोपेन नोर्बुको स्वागत तथा सम्मान गरेको छ ।

मंगलबार ९ अप्रिल बिहान बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङले उनलाई गुम्बामा खदा लगाई स्वागत गरेका हुन् ।बीसीसी युकेको निमन्त्रणामा एक बर्षका लागि बेलायत आएका लोपेन नोर्बुले गुम्बामा रहेर भक्तजनहरुको सेवा गर्नेछन् ।

बिशेषरी उनले बौद्ध शिक्षासंग सम्बन्धित विभिन्न बिषयमा अध्यापन, प्रवचन, मेडिटेशन, योगालगायत धार्मिक पूजापाठहरु गर्ने छन् । दुई बर्ष अघि पनि बीसीसी युकेको निमन्त्रणामा बेलायत आएका नोर्बु काठमाण्डौं, बौद्धस्थित सेचेन गुम्बाका लोपेन गुरु हुन् ।

उक्त स्वागत कार्यक्रममा बीसीसी युकेका प्रमुख लामा गुरु खेन्पो कर्म छुल्त्रिम, पूर्वअध्यक्ष नरेश गुरुङ, खैबा कर्मलगायत आमाहरुको उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!