जापानमा शक्तिशाली आँधी

SHARE:

टोकियो । जापानमा आइतबार शक्तिशाली आँधी आउने चेतावनी दिइएको छ । आँधीपछि बाढी पहिरो पनि आउने अधिकारीहरुले बताएका छन् ।

जेबी नामक आँधी प्रतिघण्टा झण्डै २५२ किलोमिटरका दरले जापानको भित्री भूभागतर्फ लम्किरहेको समाचारमा जनाइएको छ ।
“निकै शक्तिशाली आँधी आउने अनुमान गरिएको छ, आँधीले जापानको पश्चिमी र पूर्वी क्षेत्रमा प्रभाव पार्ने देखिन्छ,” जल तथा मौसम पूर्वानुमान विभागका एक अधिकारीले बताए ।
आँधी आउने अनुमान गरिएको पश्चिमी चुगुकु क्षेत्रमा गत जुलाईमा पनि ठूलो बाढी पहिरो आएर झण्डै २२० जनाको मृत्यु भएको थियो । त्यस घटनालाई यस दशककै सबैभन्दा नराम्रो प्राकृतिक प्रकोप मानिएको छ ।

आँधी आउने क्षेत्रमा रहेकामध्ये २७ हजार नागरिकलाई अस्थायी स्थानान्तरण गर्न शनिबार नै निर्देशन दिइएको थियो ।

जापानमा अहिले आँधी आउने मौसम चलिरहेको छ । त्यसैले बेला बेलामा आँधी, बर्षा र बाढी पहिरो आइरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!