बेलायत – बेलायतमा ख्यातिप्राप्त ज्वेलरी कम्पनी ‘श्री लकी ज्वेलरी ग्रुप’ले आफ्नो तेस्रो शाखाको नयाँ शोरूम “बेलायतको मिनी नेपाल” भनिने अल्डरसट शहरमा सञ्चालनमा ल्याउने भएको छ।
यस ग्रुपको पहिलो शाखा पनि अल्डरसट शहरमै सञ्चालित छ भने दोस्रो शाखा ननिटन शहरमा सञ्चालित रहेको छ।श्री लकी ज्वेलरी ग्रुपका प्रबन्ध निर्देशक मेजर योगेश कोयी राईले दिएको जानकारी अनुसार आगामी शनिबार, १७ अक्टोबर २०२६ का दिन बिहान ११:०० बजे नयाँ शाखाको भव्य उद्घाटन कार्यक्रम राखिएको छ।
उक्त उद्घाटनको दिन पसलमा पाल्नुहुने आमन्त्रित ग्राहकहरूका लागि विशेष दशैं तथा तिहार छुटको व्यवस्था गरिएको मेजर राईले जानकारी दिएका छन्। उक्त उद्घाटन समारोह अल्डरशटको १४५ भिक्टोरिया रोड (पोष्टकोड: GU11 1JW) स्थित नयाँ शोरूम परिसरमा हुनेछ।
श्री लकी ज्वेलरी ग्रुपका सञ्चालक तथा नेपाल जोलार्स एसोसियसन युकेका अध्यक्ष मेजर राईले यस विशेष अवसरमा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन सम्पूर्ण ग्राहक महानुभावहरू तथा समुदायका सदस्यहरूलाई हार्दिक आमन्त्रण गरेका छन्। थप जानकारीका लागि प्रबन्ध निर्देशक मेजर योगेश कुमार कोयी राई वा कम्पनीको आधिकारिक नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुनेछ।






