लन्डन । ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) ले नेपालका बाढीपीडितका लागि २८ लाख ९८ हजार रुपैयाँभन्दा सहयोग गरेको छ ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी बुधबार २८ लाख ९८ हजार ६७९ रुपैयाँको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । सोही अवसरमा रिब्डीकोट बुद्ध विहार, पाल्पाले ४० हजार रुपैयाँ सहयोग गरेको छ ।
विपद्को कठिन घडीमा सहयोग उपलब्ध गराउने दुवै संस्था तथा सहयोगीप्रति मन्त्री श्रेष्ठले आभार व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।






