बेलायत र अमेरिकाद्वारा इरानको ड्रोन कार्यक्रममा व्यापक प्रतिबन्धको घोषणा

SHARE:

लन्डन १९ अप्रिल २०२४ । संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा बिहीबार इरानको सैन्य ड्रोनविरुद्ध व्यापक प्रतिबन्धहरूको घोषणा गरेका छन् ।

अमेरिकी अर्थ मन्त्रालयले इरानको मानवरहित हवाई वाहन (युएभी) कार्यक्रमलाई उल्लेख गर्दै एक विज्ञप्तिमा भनेको छ, “इरानको युएभी उत्पादनलाई सक्षम बनाउने १६ व्यक्ति र दुई संस्थालाई लक्षित गरिरहेको छ, यसमा इरानको शाहिद संस्करण युएभीलाई शक्ति दिने इन्जिनको प्रकारहरू पनि सामेल छन्, यसको प्रयोग अप्रिल १३ को आक्रमणमा गरिएको थियो ।”

संयुक्त अधिराज्यले पनि ‘इरानको युएभी र ब्यालिस्टिक मिसाइल उद्योगहरूमा सामेल धेरै इरानी सैन्य सङ्गठन, व्यक्ति र संस्थाहरूलाई लक्षित गरी’ प्रतिबन्ध लगाएको मन्त्रालयले बताएको छ ।

तेहरानले सिरियास्थित इरानी वाणिज्य दूतावासमा अप्रिल १ मा भएको हवाई आक्रमाणको बदलामा शनिबार राति इजराइलमाथि आफ्नो पहिलो प्रत्यक्ष सैन्य आक्रमण गरेको थियो । आफ्नो दूतावासमा भएको आक्रमणप्रति इजराइललाई व्यापकरूपमा दोष दिइएको थियो । आक्रमणमा दुई जनरलसहित इस्लामिक रिभोल्युसनरी गार्डका सात सदस्य मारिएका थिए ।

इरानले गरेको आक्रमणमा तीन सयभन्दा धेरै ड्रोन र मिसाइलहरू समावेश थिए । तीमध्ये अधिकांशलाई इजराइल, अमेरिका र बेलायतसहित उसका सहयोगीले खसाएका थिए । इरानी आक्रमणमा अत्यन्त थोरै क्षति भएको छ । आक्रमणको जवाफमा इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजराइलसँग आफ्नो रक्षा गर्ने अधिकार सुरक्षित रहेको बताएका छन् ।

अमेरिकी अर्थमन्त्री जेनेट येलेनले एक विज्ञप्तिमा भने, “आज संयुक्त अधिराज्यसँगको समन्वयमा र साझेदार तथा सहयोगीहरूको परामर्शमा हामीले इजराइलमाथि इरानको अभूतपूर्व आक्रमणको जवाफ दिन द्रुत र निर्णायक कदम चालिरहेका छौँ ।”

“हामी इरानको युएभी कार्यक्रम र उसको आतङ्कवादलाई समर्थन गर्न शासनले उत्पन्न गर्ने राजस्वसहित घातक गतिविधिका मुख्य पक्षहरूलाई तल पार्न र अवरोध पुर्याउनका लागि ट्रेजरीका आर्थिक उपकरणको प्रयोग गर्दैछौँ”, उनले भने, “हामी आगमी दिन र साताहरूमा थप कारवाहीका साथ इरानको सामना गर्नका लागि हाम्रो प्रतिबन्ध प्राधिकरणलाई निरन्तरता दिनेछौँ ।”

इरानको युएभी कार्यक्रमविरुद्ध प्रतिबन्धका साथै अमेरिकाले इरानको स्टिल उद्योगका लागि पार्टपुर्जा उपलब्ध गराउने पाँच कम्पनीमाथि पनि प्रतिबन्ध लगाइरहेको छ । अर्थ मन्त्रालयले भनेको छ, “इरानको धातु क्षेत्रले वार्षिक आधारमा कयौँ अर्ब डलर बराबरको आम्दानी गर्दछ, यसमा अधिकांश स्टिल निर्यातबाट आउँछ ।”

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!