थिन्दोलुङ खोयाहाङको युकेमा पहिलो ऐतिहासिक भेला

SHARE:

अल्डरसट । मेन्याङ्बो कल्याणकारी संघ युकेले यहाँका थिन्दोलुङ खोयाहाङका ६ उपथरलाई निमन्त्रणा गरी १०औं वार्षिक तथा थिन्दोलुङ खोयाहाङको युकेमा पहिलो ऐतिहासिक भेला भव्य सम्पन्न गरेको छ ।

गत २५ अगस्ट शनिबार भएको कार्यक्रममा अतिथिको रुपमा नेपालबाट भ्रमणमा रहेका पूर्व मेन्याङ्बो कल्याणकारी संघ नेपालका अध्यक्ष ललित मेन्याङ्बो तथा ६ उपथरका अध्यक्ष र व्यक्तित्वहरु उपस्थित थिए ।

पहिलो चरणको कार्यक्रममा मेन्याङ्बो कल्याणकारी संघ युकेको नयाँ उपस्थित सदस्यहरुलाई संस्थाको जेष्ठ नागरिक दल मेन्याङ्बोबाट सिलाम साक्मा र पुष्पगुच्छा साथै व्याचलर अफ साइन्स, फस्ट क्लास अनर इन नर्सिङ गरेकी प्रतिमा तिगेला मेन्याङ्बोलाई संस्थाको लोगोसहितको प्रमाण पत्र दिँदै सम्मान गरिएको थियो ।

कार्यक्रमको मध्यमा ६ उपथरको विषयमा नेपालमा हाल हुँदै र गर्दै गरेको ६ उपथरको एकता र भेँडेटारमा गाडिएको चोत्लुंग स्तम्भ विषयमा प्रस्ट पारेका थिए । अन्य ६ उपथरका अध्यक्ष तथा विशिष्ट व्यक्ति खड्कजंग आंगबुहांग, राजेन्द्र खिम्दिंग, पूर्ण फालेच्वा, भद्र खोयाहांगहरुबाट पनि ६ उपथरको एकताको विषयमा जोड दिँदै बोलेका थिए ।

विविध सांस्कृतिक, राफल ड्र को साथ सम्पन्न कार्यक्रममा नेपालबाट सांगीतिक यात्रामा रहेका नेपाली तथा लिम्बू गायनका स्रष्टा ब्रबिम शेर्माको गीत तथा मेन्याङ्बो भान्जी मिस सुब्रिना हुक्पा चोंगबांग र मिस प्रिती मेन्याङ्बोहरुको मनोरञ्जात्मक नृत्य प्रस्तुत गरेका थिए ।

मेन्याङ्बो कल्याणकारी संघ युकेका अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मेन्याङ्बो कल्याणकारी संघ युकेका उपाध्यक्ष जीत मेन्याङ्बो र कोषाध्यक्ष मोती मेन्याङ्बोले प्रवेश नियन्त्रण र अन्य समितिले व्यवस्थापको काम गरेका थिए । उपाध्यक्ष सञ्जीव मेन्याङ्बोले स्वागत मन्तव्य प्रकट गरेका थिए भने सम्पूर्ण कार्यक्रम संस्थाका सचिव चतूरमान मेन्याङ्बोले सञ्चालन गरेका थिए ।

अन्तमा सम्पूर्ण कार्यसमिति, उपस्थित सदस्य, ६ उपथरका उपस्थित व्यक्ति व्यक्तित्व र अन्य ठाउँबाट प्रतक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद र विशेष भवन व्यवस्थापनमा सहयोग गर्ने दिलविक्रम मेन्याङ्बोलाई हार्दिक धन्यवाद दिइएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!