स्व.खपाङ्गीको दोस्रो स्मृतिसभा सम्पन्न, एक करोडको अक्षयकोष घोषणा

SHARE:

खड्क सारु मगर
काठमाडौं । गोरेबहादुर खपाङ्गी फाउन्डेशनद्वारा भाद्र ११ गते गोरेबहादुर खपाङ्गीको दोस्रो स्मृति दिवस सम्पन्न भएको छ ।

फाउन्डेशनको अध्यक्ष हुमबहादुर थापा मगरको अध्यक्षतामा महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाको प्रमुख आतिथ्यतामा प्रज्ञा भवनकमलादी काठमाडौंमा स्मृति दिवस सम्पन्न भएको हो । विशेष अतिथिमा खपाङ्गीको अर्धाङ्गिनी विद्या खपाङ्गी रहेका थिए भने अतिथिहरुमा पूर्वमन्त्री बलराम घर्तीमगर, संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष एवं पूर्वमन्त्री ंसांसद राजेन्द्र श्रेष्ठ, पूर्वमन्त्री देवीप्रसाद ओझा, नेपाल राष्ट्रिय शिक्षक संगठनका संस्थापक अध्यक्ष बद्रीप्रसाद खतिवडा, नेपाल मगर संघ तथा नेपाल जनजाति महासंघका संस्थापक महासचिव सुरेश आलेमगर, प्रा.डा. श्रीरामप्रसाद उपाध्याय, आदिवासी जनजाति महासंघका पूर्वमहासचिव प्रा.बालकृष्ण माबुहाङ, नेपाली कांग्रेसका पूर्वसांसद आनन्दसन्तोषी राई, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा, लिवरल डेमोक्रेटिक पार्टीका अध्यक्ष गणेश वल तामाङ नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन मगर थिए ।

२०३० देखि २०३६ सालसम्म गोरेबहादुर खपाङ्गी प्रधानाध्यापक रहेका तत्कालीन रामेछापको सदरमुकाम रामेछापडाँडामा अवस्थित गौरीशंकर मावि हाल उच्च माविका प्रधानाध्यापक निरबहादुर कार्की, नेपाल मगर संघका पूर्वअध्यक्ष क्या. यमबहादुर बुढाथोकी मगर, मगर बुद्ध सेवा संघका केन्द्रीय अध्यक्ष देउबहादुर राना मगर, पिए नेपालका ईन्दिरा राना मगर, फाउन्डेशनका सल्लाहकार अधिवक्ता गौबहादुर आले मगर, राष्ट्रिय समाचार समिति पूर्वमहानिर्देशक खिलध्वज थापा मगर, मा. मित्रसेन प्रतिष्ठानका अध्यक्ष त्रिलोक थापा मगर, नेपालका प्रथम शहीद लखन थापा मगरका उपाध्यक्ष उमेश राना मगर, आदिकवि जीतबहादुर सिञ्जाली प्रतिष्ठानका अध्यक्ष संजोग लाफा मगर, मगर बुद्ध संघ हङकङका अध्यक्ष एमबी थापा दर्लामी मगर, मगर संघ युकेका सल्लाहकार सरिता पुलामी मगर, नेपाल मगर महिला संघका संस्थापक अध्यक्ष बमकुमारी बुढा मगर, नेपाल मगर संघका अध्यक्ष विनिता आले मगर, मगर सांस्कृतिक संघका अध्यक्ष कविराज मगर, नेपाल युवा मगर संघका उपाध्यक्ष संगीता पुलामी मगरलगायत मगर संघका विभिन्न संगठनका प्रमुखहरुको उपस्थित रहेको थियो ।

प्रमुख अतिथि मन्त्री थापाले उद्घाटन मन्तव्यको क्रममा जब गोरेबहादुरले आफ्नो समाजलाई चिन्न थाले र समाजमा शोषण उत्पीडिन छ त्यसको अन्त्य हुनु पर्दछ भन्ने सोचका साथ पछाडि परेको वर्गको समुदायको उत्थान गर्ने कार्यमा सहभागी हुनेक्रम उनले जेलनेलका साथै आरोप प्रत्यारोप खेपे ।

सुरुमा वामपन्थी आन्दोलनको दौरानमा लाग्दै गर्दा आफू जन्मे हुर्केको समाज अर्थात् मगर समाजको पनि उत्थान हुनुपर्दछ भनेर मगर संघको स्थापनाकालदेखि भाषिक धार्मिक सांस्कृतिक अधिकार मुद्दालाई राज्यको मूलप्रवाहमा ल्याउन नेतृत्वदायी भूमिका पनि निर्वाह गरे । उनले उठाएको मुद्दा अहिले सत्य सावित भएको छ । हामीले उनले उठाएको मुद्दालाई सच्चा रुपले बहस र छलफल गर्दै आमसमुदायबीच पुर्‍याउने काम गरेको खण्डमा मात्र गोरेबहादुर खपाङ्गीप्रति सच्चा सम्मान भएको ठहरिनेछ ।

सो कार्यमा फाउन्डेशन सक्रियताकासाथ लाग्नेछ त्यसको लागि मेरो व्यक्तिगत एवं नेपाल सरकारबाट गर्न सकिने सहयोग रहनेछ । उपस्थित अन्य अतिथि वक्ताहरुले गोरेबहादुर खपाङ्गीले राज्यबाट विभेदमा परेका जाति समुदायको उत्थान र उनीहरुको सामाजिक आर्थिक राजनीतिक एवं शैक्षिक परिवर्तनको लागि गरेको योगदानको चर्चा गर्दै उहाँको व्यक्तित्वको बारेमा मन्तव्य राखेका थिए । सो अवसरमा खपाङ्गीको बारेमा विभिन्न समयमा पत्रपत्रिका र छापामा प्रकाशित लेखहरुलाई समेटेर पुस्तकको रुपमा गोरेबहादुर खपाङ्गी–स्मारिका २०७५ प्रमुख अतिथि मन्त्री थापा मगरले विमोचन गरेका थिए ।

खपाङ्गीको दुर्घटनापश्चात् उपचारको क्रममा फाउन्डेशनलाई अतुलनीय आर्थिक एवं ंविभिन्न प्रकारका सहयोग गर्ने संघ–संस्था तथा व्यक्तिहरुलाई सम्मान गर्नुका साथै फाउन्डेशनका संरक्षक र आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरणसमेत गरिएको थियो ।

संस्थाका महासचिब भाबेश भुमरीले कार्यक्रम सञ्चालन गरेका थिए भने संस्थाका सदस्य विष्णु सिञ्जालीले स्व. नेता खपाङ्गीको जिवानीसहित प्रकाशित स्मारिकाको बारेमा जानकारी र स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रमको अन्त्यमा फाउन्डेशनका अध्यक्ष हमुबहादुर थापा मगरले स्मृतिग्रन्थ प्रकाशन गर्न लेखहरु आउनेक्रम जारी रहेकोले निकट भविष्यमा प्रकाशन गर्ने गरी यसपटक नेता खपांगीको मृत्युपश्चात् विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखहरुको संगालो गोरेबहादुर खपाङ्गी–स्मारिका २०७५ प्रकाशीत भएको सभालाई जानकारी दिएका थिए ।

साथै स्व. गोरेबहादुर खपाङ्गीको नाममा एक करोड रुपैयाँबराबरको अक्षयकोष खडा भएको अध्यक्षले जानकारी दिँदै प्रत्येक वर्ष गोरेबहादुर खपाङ्गीको नाममा प्राज्ञीक पुरस्कार, गोरेबहादुर खपाङ्गी स्मृति छात्रवृत्ति पुरस्कार र गोरेबहादुर खपाङ्गी स्मृति प्रतिभा पुरस्कार एक एक जनालाई आगामी वर्षदेखि दिने जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!