बेलायतमा नयाँ गोर्खा कम्पनी टेभोलेटो स्थापना

SHARE:

रोशन मेवाहाङ्ग
लन्डन । वाईल्डसायरस्थित वार्मिस्टरमा बेलायती सैनिक मुख्यालयको निर्देशनअनुसार गोर्खा सैनिकहरुले कवाज प्रदर्शन गर्दै अर्को नयाँ गोर्खा कम्पनी टेभोलेटो आधिकारीकरुपमा स्थापना गर्दै उत्सव मनाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि मेजर जनरल पउल नानसन सिबिईले भने, ‘गोर्खा कम्पनी स्थापना हुनमा ठूलो नयाँ चुनौती थपिएको र उत्तेजित गन्तव्य सुरुआत भएको छ ।’ भविष्यमा जस्तै प्रकारको चुनौती आए पनि समाधान गर्दै अघि बढ्न र एकजुट भएर पुर्खाहरुको विरता र बहादुरीपनलाई नचुकाई राख्न उनले अनुरोध गरे ।

गोर्खाहरुको अनुशासन र कार्यशैली उच्चतम रहेको प्रशंसा साथै आफ्नो ३२ वर्ष लामो सैनिक कार्य अवधिभर गोर्खाहरुको बहादुरीपन कहिले पनि नझुकेको अनुभव प्रकट गर्दै उनले नयाँ गोर्खा कम्पनी स्थापना भएकोमा आफू खुसी भएको बताए । सम्पूर्ण टेभोलेटो कम्पनीमा कार्यरत सैनिकहरुलाई त्यो बहादुरीपन जोगाइराख्न हौसला दिँदै उनले आप्mनो गन्तव्यमा पुग्न शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा वारेन्ट अफिसर रित गुरुङका श्रीमती कन्या गुरुङले भनिन्, ‘बेलायती गोर्खा सैनिकको श्रीमती हुन पाएकीमा गौरवान्वित बनेको छु र उहाँहरुको यस्तो बहुमूल्य ऐतिहासिक कार्यक्रममा उपस्थित हुन पाउँदा ज्यादै खुसी बनेकी छु ।’ ‘हामी यो ठाउँ आएको करिब एक वर्ष हुन लाग्यो । नयाँ ठाँउमा बसाइँ सर्नु पर्दा निकै नै सानी थिएँ तर आजभोलि बिहान र साँझ हिँड्डुल गर्दा यहाँका बासिन्दाहरुको बोलीचाली र मिलनसार व्यवहारले मेरो मन छोएको छ’ उनले भनिन्, ‘सायद भविष्यमा हाम्रो बसोबास वाईल्डसायरतिर नै हुन्छ होला ।’

कन्याका बुबाआमा लन्डनमा बसोबास गरिरहेका छन् । कहिलेकाहीं भेटघाटका लागि लन्डन गइरहने भन्दै आजकल वाईल्डसायर नै मन पर्न थालेको बताइन् ।

२१ वर्षीय राईफलम्यान सुवास गुरुङ वाईल्डसायर, वार्मिस्टर आएका दोस्रो व्यक्ति हुन् । सुवासले भने, ‘जब म पहिलोपटक वार्मिस्टर आए र भोलि बिहान बजार घुम्न निस्किएँ ज्यादै रमाइलो लाग्यो । बेलायती संस्कृति भिन्न रहे पनि आफ्नो नेपाली संस्कार जाने बुझेको सिकाउँदै जाने छु ।’

गत दुई हप्ता अघिबाट अभ्यास गरिएको उद्घाटन समारोहको कवाजलाई वारेन्ट अफिसर टु चोलानाथ लिम्बूले संयोजन गरेका हुन् । बिहान ठीक ११ बजे टेभोलेटो कम्पनी कमाण्डर मेजर प्रकाश गुरुङ यमभिओले मेजर जनरल नानसन सीबीईलाई रिपोर्ट बुझाउँदै कवाज निरीक्षण गर्न हार्दिक अनुरोध गरेका थिए ।

समारोहमा क्याप्टेन साम फोस्टरले युद्ध सम्मान ‘टेभोलेटो’को इतिहास पढेर उपस्थित दर्शक तथा गोर्खा सैनिकहरुलाई स्मरण गराएका थिए । टेभोलेटो; इटालीस्थित दक्षिणी भेगमा रहेको एउटा गाउँको नाम होे । दोस्रो विश्वयुद्धमा हिटलरविरुद्ध लडाइँ लड्न ७ गोर्खा राईफल्सका सेनाहरु सन् १९ सेप्टेम्बर १९४३ मा टेभोलेटो गाउँतर्फ लडाइँ लड्न लागेका थिए ।

टेभोलेटो चट्टान नै चट्टानले भरिएको उकालो भञ्ज्याङ्गमा रहेको कारण धेरै गोर्खा सैनिकहरुले ज्यान गुमाउन पुगेका थिए । जर्मनका हिटलरले गोर्खाहरु विरुद्ध मेसिन गन, मोटर र आर्टिलरीजस्ता ठूल्ठुला भयानक हतियार प्रयोग गर्दा गोर्खाहरु त्यो रात टेभोलेटो पुग्न असफल बनेका थिए ।

जर्मन सेनाको आक्रमण पछि बाँकी सानो संख्यामा रहेका गोर्खाहरुले हिटलरका सैनिकहरुलाई एकरात अघि बढ्न रोकेका थिए । भोलि बिहान ५ बजे बटालियनका ‘ए’ कम्पनीको सहकार्यमा हिटलरका सबै सैनिक ध्वस्त बनाउन सफल भएका थिए । ‘सी’ कम्पनीको यस्तो महान् साहस देखेर विरताको चिह्न स्वरुप गोर्खाहरुलाई ‘टेभोलेटो’ युद्ध सम्मान दिइएको हो ।
समारोहमा मेजर प्रकाश गुरुङ एमभिओ ३२ वर्ष र नायक राजकुमार याक्खा १५ वर्ष अनुशासित ढङ्गले सफल्तापूर्वक कार्य अवधि पूरा गरिएको अवसरमा लङ्ग सर्भिस गुड कन्डक मेडल साथै यो वर्ष टेभोलेटो कम्पनीभित्र आन्तरिक पल्टुन प्रतियोगितामा ईन्जिनियर (पाइनर) पल्टुनलाई प्रथम नतिजा घोषणा गर्दै उक्त प्लाटुनका प्लाटुन कमाण्डर वारेन्ट अफिसर टु रित गुरुङलाई ट्रफी हस्तान्तरण गरिएको थियो । पत्रकार संयोजक र समारोहका अथितिहरुको उपस्थितिलाई वारेन्ट अफिसर टु गंगा गुरुङले स्वागत गरेका थिए ।
व्रिगेड अफ गोर्खाज् एसोसिएसनका परिवार, साथीभाइ र लामो समयसम्म काम गरेर अवकाश लिएका कयांै व्रिटिस अफिसरलगायत ७ गोर्खा राइफल्स एसोसिएसनका अवकाश प्राप्त सदस्यहरु व्रिगेडियर डेभिड वईल र व्रिगेडियर डेभिड मोर्गानसमेत उपस्थित रहेको उद्घाटन समारोहमा कलर सार्जन्ट नवराज रानाले दिवाभोजको व्यवस्थापन गरेका थिए । प्रमुख अतिथि र विशेष अथिति कर्णेल अफ दी आरजिआर मेजर जनरल जियम स्ट्रिकल्यान्ड डिएसओ, एमविईलाई सुश्री जेसन र रियान्काले फूलको पुष्पगुच्छा र माल्र्यापण गर्दै दिवाभोजमा स्वागत गरेकी थिइन् । कर्णेल विजी कर्णेल जेजि रविन्सनले गोर्खा कम्पनी टेभोलेटो स्थापना गर्नमा मुख्य भूमिका निभाएको स्रोतले जानकारी गराए ।

विभिन्न परिचय बोकेर सभ्यताको शिखर चुमिरहेका बेलायती गोर्खा सैनिकहरु आप्mनो एउटा युद्ध कौशल मात्र नभएर तालिम अवधिमा रहँदा पनि उच्चतम कला प्रदर्शनका कारण बेलायती सरकारले थप यो वर्ष नेपालबाट नयाँ आगन्तुक सैनिकहरु ३२० बेलायततर्फ र १२० सिंगापुर भर्ती लगाउने निर्णय गरिएकोे ब्रिगेड अफ गोर्खाज मुख्यालयले सार्वजनिक गरेका छन् । हाल विग्रेड अफ गोर्खाजभित्र करिब ३५०० गोर्खा सैनिकहरु कार्यरत रहेका छन् ।

बेलायतवासी सम्पूर्ण उपस्थित संघ संस्थाका पदाधिकारीहरु बिग्रेड अफ गोर्खाजका भित्रबाट ईन्जिनियर रेजिमेन्टका गोर्खा मेजेर मेजेर पूर्ण सिंह तामाङ, पहिलो गोर्खा बटालियनका गोर्खा मेजर सुरेशकुमार थापा एमभिओ र तिनका प्रतिनिधिलगायत पत्रकार बन्धुहरु तथा प्राविधिक संयोजक वारेन्ट अफिसर टु बसन्त राई र टेभोलेटो कम्पनीका सैनिकहरुलाई मेजर गुरुङले धन्यवाद प्रकट गर्दै शुभकामना दिएका थिए ।

उद्घाटन समारोहमा गुरुङले भने, ‘यो नयाँ कम्पनी स्थापना भएकोमा म धेरै खुसी र गौरवान्वित छु । गोर्खाहरुका बहादुरी पक्ष र कौशल पक्षका सकारात्मक समीक्षाको शाब्दिक व्याख्या गर्दै कम्पनीको तर्फबाट प्रमुख अथिति मेजर जनरल नानसन सीबीईलाई गोर्खालीहरुको इतिहास राख्न सफल प्रसिद्ध खुकुरी चिनोस्वरुप उपहार हस्तान्तरण गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!