शिव कल्चरल कम्युनिटी सेन्टरले मनायो श्रीकृष्ण जन्माष्टमी

SHARE:

एटा संवाददाता
अल्डरसट । अल्डरसटस्थित शिव कल्चरल कम्युनिटी सेन्टर युकेले विविध कार्यक्रमका साथ श्रीकृष्ण जन्माष्टमी मनाएको छ ।

गत आइतबार २ सेप्टेम्बरका दिन एम्पायरस्थित कम्युनिटी सेन्टरको मन्दिरमा श्रद्धालु भक्तजनहरुको उपस्थितिमा मनाइएको हो । श्री कृष्णको अपरम्पार महिमा र गीता एवं महाभारतको अग्रणीका रुपमा र विष्णु भगवानको आठौं अवतारको जन्म दुष्ट राजा कंशको नास र धेरै अलौगिक कार्यहरु साथै द्वापर युगमा र गीताको सार कोंतय अर्जुनलाई बुझाएको कथाहरुजस्ता धार्मिक र जीवनका कल्याणकारी कार्यहरुको परमात्माको शक्तिको पूजा आराधना साँझ विशेष समारोहबीच श्रीकृष्ण जन्माष्टमी मनाइयो ।

स्थानीय अल्डरसट, फार्नबोरो, केम्बर्ली, फ्लीट, बेजिङस्टोक र हुक क्षेत्रबाट भक्तजनहरु आएर शिव मन्दिरमा गणेश स्तुति, भजन र भक्ति सम्वाद, आरती र प्रसादमबाट करिब ३ घण्टाको साधना गरी सम्पन्न भएको हो । स्थानीय फार्नबोरोका भक्तजनहरुले विशेष पूजाका प्रसादहरु र प्रवचनको व्यवस्था गरेका थिए । मिंग्मा तामाङले धार्मिक महत्वको उदाहरण दिँदै साई बाबाले श्री कृष्ण जन्माष्टमीको महत्व र सार बुझाएको बताइन् । साधारणतय भारतीय एवं अंग्रेज भक्तजनहरुका बीचमा श्रीमती मिंग्मा तामाङले अनुवाद गर्दै पनि बुझाएकी हुन् ।

मन्दिरको तर्फबाट भक्तजनहरुको विशेष सेवामा सरिक भएका विक्रम भट्टराई, पूर्वडीएसपी बाचस्पति रेग्मी, भरत श्रेष्ठ, इन्द्र शर्मा साथै ग्रेटर रस्मुर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्वासे, एसियन महिला समाजका अध्यक्ष अमिता बेल्वासे, शिव कल्चरका ट्रष्टी ओम थापा तथा अतुलनीय योगदान दिँदै आएका फार्नबोरो साई ओर्गनाइजेसन्का अध्यक्ष सुष्मा गुरुङ, कुल गुरुङ (बा साई राम), शारदा गुरुङ, हेमा, ममता गुरुङ, दीपा र कल्पना मोथेलगायतका भक्तजनहरुले भजन र आरतीमा पूर्ण सहयोगका साथ कार्यक्रम सञ्चालन गरेका थिए ।

शिव कल्चरल कम्युनिटी सेन्टरका महासचिव विक्रम भट्टराईले नेपाली नारीहरुको पावन पर्व तीजको उपलक्ष्यमा शिव कल्चरल तथा कम्युनिटी सेन्टर अल्डरसट सम्पूर्ण दिदीबहीनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै संघ संस्थाको संयोजकत्वमा हरितालिकाको पूजा गर्नको निम्ती आउँदो सेप्टेम्बर १२ तारिक बुधबारका दिन स्थानीय शिव मन्दिर (एम्पायर हलको उपल्लो तला) तय गरिएको बताउँदै उपस्थितिका लागि अनुरोध गरे । त्यस्तै, व्यवस्थापनको निम्ती सहज बनाउन पूजामा सरीक हुनका लागि आप्mनो नाम र संख्या टिपाइदिनु हुन अनुरोध गरेका छन् ।

त्यस्तै, आफ्नो प्रेस वक्तव्यमा शिव कल्चरल कम्युनिटी सेन्टरका अध्यक्ष रोहित गुरुङले सम्पूर्ण भक्तजनहरुलाई धन्यवाद दिँदै आगामी सेप्टेम्बर ९ तारिख आइतबार दिनको ११:०० बजे (ठ्याक्कै) साधारणसभाका निम्ति मन्दिर भवनको स्थापनार्थ बस्ने बैठक र फन्ड रेइजका निम्ति सबै ट्रष्टी, कार्यकारी सदस्य, सल्लाहकार, सदस्यहरु र शुभचिन्तकहरुलाई शिव मन्दिर अल्डरसटमा निम्तो गरिएको बताएका छन् । कार्यक्रममा नेपालबाट माताजी विदुषी सपना श्रेष्ठ, श्री कृष्ण प्राणायम भागवत वाचिकाले प्रवचन दिने जनाउँदै सो महत्वपूर्ण कार्यक्रममा पनि भाग लिन अध्यक्ष गुरुङले अनुरोध गरेका छन्

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!