प्रकाशकीय : एभरेस्ट टाइम्सको एक दशक

SHARE:

एभरेस्ट टाइम्सले दस वर्ष पार गरेको छ । हामी दसौं वार्षिकोत्सवको तयारमा छौं । यो अवधि हाम्रो लागि सजिलो बाटो थिएन । स्वदेशमा त पत्रिका चलाउन मुस्किल भइरहेको बेला प्रवासबाट पत्रिका निकाल्नु कम चुनौतीपूर्ण कार्य होइन ।

विभिन्न कठिनाईका बाबजुत पनि एभरेस्ट टाइम्सले दस वर्ष पूरा गरेकोमा हामीले गर्वको अनुभूति गरेका छौं । अझ सुरुका केही वर्ष हामीले व्यहोरेको आर्थिक कठिनाई तथा व्यवस्थापनमा भएको परिवर्तन कम पीडादायी थिएन । यद्यपि हामीले यो पत्रिकालाई दस वर्ष टिकाउन गर्नु परेको संघर्षलाई मात्र सम्झना चाहन्नौं । हामीले यो दस वर्षमा के गर्‍र्यौ भन्ने सम्झना चाहन्छौं । यो दस वर्ष बेलायतमा बसोबास गर्ने नेपाली समुदायमा समर्पित भयौं । पत्रकारिताको माध्यमबाट समुदायलाई बाटो देखाउने कोसिस गर्यौं ।

हाम्रो मातृभूमि नेपालमा भइरहेको ठूला घटनाक्रमहरुबारे भरपर्दो ढंगले यहाँहरुलाई सुसूचित गराउने कोसिस गर्यौं । अनि यही बेलायतमा भएका विभिन्न किसिमका गतिविधिहरुलाई समेटेर, टिप्पणीहरु प्रकाशित गरेर, यहाँका प्रतिभाहरुलाई स्थान दिएर वा फोटो र विज्ञापनका माध्यमबाट तपाईहरुको दु:ख, सुखमा सहभागी भयौं ।

हामीले अवलम्बन गरेको पत्रकारिता, सामुदायिक पत्रकारिता हो । हामी पनि तपाईहरु जस्तै प्रवासमा बसिरहेका सर्वसाधारण हौं । हामीले यो अवधिमा सिक्दै र गर्दै अघि बढ्यौं । यद्यपि हाम्रो प्रमुख ध्येय भनेकै बेलायतमा बस्ने प्रवासी नेपालीहरुलाई कसरी एक–अर्कासँग जोड्ने र कसरी तपाईहरुले गरेका पहलहरुलाई सघाउ पुर्‍याउने भन्ने नै रह्यो । भाषा, साहित्य, कला, संस्कृति, सामाजिक अभियान होस् वा खेलकुदमा होस् हामीले प्रवासी नेपाली समाजको विकासमा कसरी योगदान दिन सकिन्छ भन्नेमा नै ध्यानमा दियौं । त्यसैले हामीले त्यहीअनुसार समाचारहरु बनायौं, लेख रचना, अन्तर्वार्ता र फिचरहरु प्रकाशित गर्‍यौं । हाम्रा पत्रिकाका पानाहरु साक्षी छन्, हामीले प्रवासी नेपाली समाजको खुसीसँगै हाँसेका छौं, दु:खमा सँगै रोएका छौं । संगै हातेमालो गरेर अघि बढ्ने जमर्को गरेका छौं । हाम्रो यो सत्प्रयासमा तपाईहरुले दिनु भएको साथ र सहयोग हाम्रो लागि अमूल्य छ । समुदाय हाम्रो पाठकमात्र होइन, तपाईहरु मार्गदर्शक र टिक्ने आधार पनि हो । हामी नेपाली समुदायलाई जानकारी, शिक्षा, मनोरञ्जन र प्रोत्साहन दिन खोजिरहेका छौं । समुदायबाट पनि हामीले त्यहीअनुरुपको मार्गनिर्देश, माया र सहयोग पाइरहेका छौं ।
पाठकको रुपमा, विज्ञानदाताको रुपमा, अलोचकको रुपमा, प्रशंसकको रुपमा र अन्य धेरै तरिकाले तपाईहरुले हामीलाई सहयोग गर्नु भएको छ, बाटो देखाउनु भएको छ र यो पत्रिकालाई बाँच्न आधार दिनु भएको छ । त्यसैले एभरेस्ट टाइम्स हामी जो यसमा खटिएका छौं । विभिन्न पदको ट्याग लगाएका छौं, लेखिरहेका छौं । यो समूहको मात्र होइन, एभरेस्ट टाइम्स सम्पूर्ण बेलायतवासी नेपाली समुदायको सम्पत्ति हो ।

अपनत्व लिएर पढिदिनु हुने, विज्ञापन दिनु हुने, लेख लेख्नु हुने, समाचारहरु टिपाउनु हुने, कार्यक्रमहरुमा बोलाउनु हुने, आलोचना गर्नु हुने र प्रशंसा गर्नुहुने सम्पूर्णलाई हामी एकपटक फेरि हार्दिक धन्यवाद दिन चाहन्छौं । सम्पूर्ण एभरेस्ट टाइम्स समूह यो दसौं वर्ष पूरा गरेको उपलक्ष्यमा फेरि एकपटक अविचलित रुपमा यहाँहरुकै भावना र आकांक्षाको साक्षी बन्ने प्रण गर्दछ । यहाँहरुको सुख र दु:खमा सँगै रहने प्रतिबद्धता जनाउन चाहन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!