वेल्सकी राजकुमारी क्याथरिन क्यान्सर घोषणा पश्चात पहिलो पटक सार्वजनिक कार्यक्रममा सामेल हुने

SHARE:

लन्डन १५ जुन २०२४ । वेल्सकी राजकुमारी क्याथरिनले शनिबार मध्य लन्डनमा आयोजना हुने ट्रूपिङ द कलर सैन्य परेडमा भाग लिने घोषणा गरेकी छन् । क्यान्सर भएको पत्ता लागेपछि उनको यो पहिलो सार्वजनिक जीवनमा अस्थायी पुनरागमन हुनेछ ।

गत वर्ष डिसेम्बरमा क्रिसमस डेको दिन केटले सार्वजनिक संलग्नतामा देखाएकी थिइन् र मार्चमा केमोथेरापी गरिरहेको खुलासा गरेकी हुन् । ४२ वर्षीया राजकुमारी विश्वको सबैभन्दा धेरै फोटो खिचिएकी महिलामध्ये एक हुन् । केटको लामो अनुपस्थितिले विशेषतः अनलाईन माध्यमहरुलाई उनको स्वास्थ्य अवस्थाबारे कौतुहलता बढाएको थियो ।

उनले शुक्रबार साँझ एक सामाजिक सञ्जालमार्फत आफ्नो उपचारका राम्रो सुधार भइरहेको र अझै केही समय लाग्ने जानकारी गराएकी छन् । “म यस सप्ताहन्तमा मेरो परिवारसँग राजाको जन्मदिन परेडमा भाग लिन उत्सुक छु र केही सार्वजनिक कार्यक्रमहरूमा सामेल हुने आशा गर्दछु, तर मेरो स्वास्थ्यमा पूर्ण सुधार भईसकेको छैन“, राजकुमारीले भनिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!