UK बस्नु हुने Three Sisters (डिलमाया गुरुङ, बिनु गुरुङ र हेलिसा गुरुङ) को नेतृत्वमा संकलित ८ लाख रुपैया रकम सलोमी गुरुङ जिताऔ अभियान समितिलाई हस्तान्तरण गरिएको छ।

बाबा तेजमान गुरुङ ( पुर्ब प्रधानपंच पसगाउँ गापा तथा संस्थापक अध्यक्ष संरक्षण तथा व्यवस्थापन समिति आमा तुलदेवी गुरुङ ( पसगाउँ वडा न ५ संस्थापक अध्यक्ष ) का दुइ छोरीहरु डिलमाया गुरुङ (कोषाध्यक्ष – तमु धिं युके, अघ्यक्ष- BBC UK london branch आमा समूह हेलिसा गुरुङ(कोषाध्यक्ष-तमु सांस्कृतिक मञ्च एंब महासचिव- वर्न्ट वर्क समाज UK ) र बाबा पित्रमान गुरुङ ( ब्रह्माकुमारी योगसाधाक आमा ईन्द्रकुमारी गुरुङ (संस्थापक अध्यक्ष शान्तिटोल आमा समुह बेसिशहर )को छोरी बिनु गुरुङ (वरिष्ठ उपाध्यक्ष – तमु धिं लण्डन इकाई आमा समूह)
♣
बेलायतमा बस्नु हुने तिन (त्रिबेणी) दिदीबहिनीको नेतृत्वमा सलोमी गुरुङलाई नेपाल आइडलको ताज पहिराउने अभियान सफलताको लागि UK बासी विभिन्न संघ संस्था र आदरणीय मनकारी व्यक्तित्वहरूबाट प्रदान गरिएको रु ८,०००००/- (अक्षेरुपी आठ लाख रुपैया )रकम क्व्होलासोंथर गाउँ पालिका प्रमुख श्री सुर्य प्रसाद गुरुङको प्रमुख अतिथ्यमा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख गमिमाया गुरुङ लगायत पसगाउँ तमुसमाज पोखरा तथा सलोमी जिताऔ अभियान कार्य समिति कास्की पोखरा एबं कुम्लुङ रोम्ले देवि तमु समाज (लमजुङ) पोखराका पदाधिकारी र भद्र भलाद्मीहरुको उपस्थितिमा पसगाउँ तमु समाजका अध्यक्ष ना सु खर्क बहादुर गुरुङ सल्लाहकार पदमान गुरुङ बाट सलोमी गुरुङ जिताउँ समितिका संयोजक सु. नरेश कुमार गुरुङ र अर्थिक संयोजक कुल प्रसाद गुरुङलाई आज पसगाउँ तमु समाज घर पोखरामा हस्तान्तरण गरिएको छ






