काठमाडौँ २३ जुन २०२४ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेनास) केन्द्रीय समितिको आगामी कार्यकालका (२०२४/२६) लागि एसिया क्षेत्रबाट उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
उम्मेदवारी दिने घोषणा गर्दै उनले १४ बुँदे प्रतिबद्धता पत्रमार्फत आफूले उम्मेदवारी दिनुको कारणबारे प्रस्ट पारेका छन् ।
जापानमा बस्दै आएका ज्ञवालीले नेपाल र एसियाका सबै देशका नेपालीको भावना समेट्ने, एसियामा नै विश्वस्तरका साहित्य सम्मेलन आयोजना गर्ने, प्रवासमा नेपाली स्कुल बिस्तार गर्नेलगायत एजेन्डा अघि सारेका छन् ।






