नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘विपद् जोखिम न्यूनीकरण प्रदर्शनी’

SHARE:

काठमाडौं ३ जुलाई २०२४ । विपद् जोखिम र त्यसको न्युनीकरण विषयमा व्यङ्ग्यचित्र, पोस्टर, चित्रकथा तथा दृष्टान्तचित्र प्रदर्शनी नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा गरिएको छ ।

मंगलबारबाट सुरु भएको ‘विपद् जोखिम न्यूनीकरण प्रदर्शनी’ को राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजना तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग र नेपाल कार्टुनिस्ट क्लबको सहकार्यमा गरिएको हो । प्रदर्शनीको प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, गृह मन्त्रालय विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा.भीष्मकुमार भुसाल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव कोमलप्रसाद धमलालगायतले संयुक्त रूपमा उद्घाटन गरे ।

सो समारोहमा उपकुलपति लामाले दृश्यकलाका माध्यमबाट समाजका विविध विषयलाई रूपान्तरणसँग जोडेर लानुपर्ने बताउँदै विपद् न्यूनीकरणसम्बन्धी सन्देश तल्लो तहसम्म लैजान जरुरी भएको बताए । उनले भने, ‘कलामार्फत सामाजिक सन्देश प्रवाह गर्न प्रतिष्ठानले काम गरिरहेको छ । यस प्रदर्शनीमार्फत विपद्का विषयमा सन्देश दिन र जागरण ल्याउन सहयोग मिल्ने आशा लिएका छौं ।’
राष्ट्रिय विपद् न्यूनीकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्रदर्शनीमा राखिएका कलाले जोखिमका विविध पक्षका बारे उजागर गरेको बताए । उनले प्रदर्शनी अत्यन्तै प्रभावकारी भएको बताउँदै कलामार्फत अभिव्यक्त सन्देश प्रभावकारी हुने विचार व्यक्त गरे । उनले भने, ‘फूल, बालबालिका र कला सबैले मनपराउँछन् । यही भावलाई अंगीकार गर्दै कलामार्फत विपद् जोखिमका विषयलाई उठान गर्न खोजिएको हो ।’ गृह मन्त्रालयका सहसचिव भीष्मकुमार भुसालले कार्टुन र चित्रले हजारौँ पृष्ठले बोल्न नसकेका कुरा बोल्ने बताउँदै यसको सम्बन्धित क्षेत्रमा ज्ञान पुर्‍याउन सके अझ महत्वपूर्ण हुने विचार व्यक्त गरे ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रकोपलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनी कलाकारहरूले रङ र कुचीका माध्यमबाट सचेतना जगाउने काम गरेको बताए । उनले कलामार्फत मानव तथा प्रकृतिलाई बचाउन के–कस्तो भूमिका खेल्न सकिन्छ र यसलाई सामाजिक जागरणको अभियानमा कसरी लान सकिन्छ भनेर सोच्नुपर्ने धारणा राखे । थुम्केलीले भने, ‘कलामार्फत विपद् र त्यसका जोखिमका विषयलाई सन्देशमूलक ढंगले उठान गर्न खोजिएको हो । यसमा कलाकारले निकै मिहिनेतका साथ कलाकृति रचना गरेका छन् । जुन सामाजिक सन्देश दिन र जागरण ल्याउन सहयोगी सिद्ध हुने आशा राख्न सकिन्छ ।’

प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख तथा कार्यक्रम संयोजक सौरगंगा दर्शनधारीले कलाकारले कलाकृति रचना गरेपछि मात्रै यो कार्यक्रम सफल भएको बताइन् । उनले कलाले समाजमा भइपरी आउने विभिन्न विपद् र जोखिमका बारेमा सचेतना जगाउन भूमिका खेल्ने धारणा राखिन् । कार्यक्रममा प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले यस्तो महत्वपूर्ण कार्यक्रममा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । उनले सामाजिक रुपान्तरण र जागरणमा कलालाइै जोडेर लैजाँदा सकारात्मक प्रभाव पार्ने जिकिर गरे । समारोहमा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदीप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, अरुणा हिङमाङ प्राज्ञसभा सदस्य जुपिटर प्रधान, अग्रज कार्टुनिस्ट अविन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

एक सातासम्म चल्ने प्रदर्शनीमा कलाकार अविन श्रेष्ठ, अकृन, बासु क्षितिज देवेन्द्र थुम्केली, केशव राज खनाल, महेश बस्ताकोटी, रवि मिश्र, रविन्द्र मानन्धर, भानु भट्टराई, सानुराज डङ्गोल, सुजिता महर्जन, पल्पसा डंगोल, अर्पिता शाक्य, सुदर्शन सिग्देल, सौरगंगा दर्शनधारी, विश्व थापा, सागर शाह, आयुश, पान सिङ तमोर, गौरभ डङ्गोल र योगेश खपाङ्गीका २७ व्यङ्ग्यचित्र, पोस्टर, चित्रकथा तथा दृष्टान्तचित्र राखिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!