एनआरएन टोलीसँग प्रधानमन्त्री ओलीको एक घण्टा अन्तरक्रिया

SHARE:

काठमाडौं २० जुलाई २०२५ । गैरआवासीय नेपाली संघ (एनआरएनए) संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको नेतृत्वमा बालुवाटार  पुगेका एनआरएन अभियन्ताहरूले प्रधानमन्त्री केपी ओलीसँग करिब एक घन्टा अन्तरक्रिया गरेका छन् । 

टोलीले शनिबार प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटार पुगी बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै अन्तरक्रिया गरेको हो । सो क्रममा एनआरएन पूर्वउपाध्यक्ष डा. बद्री केसीले एनआरएन अभियानले सामना गरेको चुनौती, नेपालमा लगानी सहजीकरण, गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन लगायत विषयमा प्रकाश पार्दै सरकारको अग्रगामी भूमिकाका लागि आग्रह गरे । 

प्रधानमन्त्री ओलीले नेपालको समृद्धिका निम्ति औद्योगिक लगानीमा केन्द्रित हुन एनआरएनलाई आह्वान गरेका थिए । 

उक्त कार्यक्रममा डा. बद्री केसी, रोजिना प्रधान राई, अतुल कोइराला, हिराधन राई, भूषण घिमिरे, कृष्ण तिमिल्सिना, अर्जुनकुमार श्रेष्ठ, बिजन भट्ट, राजु अर्याल, केशव तिमिल्सिना, राजेन्द्र पुडासैनी, पर्शु बस्नेत लगायतको उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!