सहारा हङकङले हाइकिङ कार्यक्रम गर्ने

SHARE:

हङकङ । सहारा हङकङले हङकङमा छैटौं वार्षिक उपलक्ष्यमा ‘हेल्थ इज वेल्थ हाइक फर हेल्थ’ नाराको साथ आगामी सेप्टेम्बर ३० तारिखका दिन पदयात्रा आयोजना गर्ने भएको छ ।

बिहान ८ बजे सेन्ट्रलस्थित अब्जर्भेसन ह्विलमा भेला भइ वान चाई ग्याप हुँदै पुलिस म्युजियम भएर एवार्डिन कन्ट्री पार्कसम्म पदयात्रा गरिने आयोजकले जनाएको छ । दोस्रो बृहत् हाइकिङ कार्यक्रम आयोजना गर्ने भएको छ । सहारा हङकङका सहारा क्लबद्वारा सञ्चालित सहारा एकेडेमीको सहयोग संकलनार्थ कार्यक्रम आयोजना गर्न लागिएको सहारा हङकङका अध्यक्ष दिपक गुरुङले बताए ।

गतवर्ष नेपाली अन्तर्राष्ट्रिय धावक बैकुण्ठ महान्धरको उपस्थितिमा सफलतापूर्वक सम्पन्न भएको थियो । सहारा हङकङले गरेको जानकारी सभामा हाइकिङ कार्यक्रमका प्रमुख अतिथिको रुपमा सञ्चारकर्मी रवि लामिछाने पनि साथ दिइरहेका छन् ।

सो अवसरमा एनआरएनका हङकङका पूर्वअध्यक्ष एवम् सहारा हङकङका प्रमुख सल्लाहकार दुर्गा गुरुङ (एमडी) ले चर्चित सञ्चारकर्मी लामिछानेको सहभागिताले यो कार्यक्रमले भव्य सफलता पाउने बताए । उनले हङकङमा रहेका सबै नेपालीहरु सञ्चारकर्मी लामिछानेलाई भेट्न आतूर रहेको समेत बताए ।

कार्यक्रममा सहारा हङकङका, द्वितीय उपाध्यक्ष कृष्णकुमारी गुरुङ (रेनुका), हङकङ पत्रकार महासंघका अध्यक्ष किशान राईलगायतले कार्यक्रम सफलतासँगै कार्यक्रममा नेपाली जनमानसको बृहत् सहभागिताका लागि आ–आफ्ना धाराणा राखेका थिए । सहारा हङकङका पूर्वप्रमुख सल्लाहकार तुलसीकुमार गुरुङ, सल्लाहकारहरुको उपस्थिति थियो ।
२० वर्ष अगाडि पोखरामा स्थापना भएको सहारा क्लबको हङकङ शाखा सन् २०१२ मा विस्तार भएको हो । हङकङमा यो संस्थामा ६८ सक्रिय सदस्यहरु छन् । हङकङमा गर्मी बिदाको बखत् युवा तथा बालबच्चाहरुलाई निःशुल्क फुटबल सिकाउने तथा दैवी प्रकोप, आपत् विपद्मा आदिमा आर्थिक सहयोग उपलब्ध गराउने गरेको छ ।

सहारा क्लब हङकङले आफ्नो छैटौं वार्षिकोत्सवमा भव्यताका साथ मनाउने तयारी गरेको छ । करिब १३ किलोमिटरको पदयात्राको लागि हङकङ दुई सय पचास डलर प्रवेश शुल्क तोकिएको छ । जसमा सहभागीहरुले निःशुल्क टिसर्ट, लन्च बक्स, सफ्ट ड्रिङ्स र बीबीक्युसमेत पाउनेछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!