बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले दिइन् राजीनामा, देश छाड्दै भारत पुगिन्

SHARE:

काठमाडौँ ५ अगस्ट २०२४ । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । देशमा अशान्ति बढ्दै गएपछि प्रधानमन्त्री हसिनाले सोमबार राजीनामा दिएकी हुन् ।

राजीनामा दिएसँगै उनीले देश छाडेर भारत पुगेकी बीबीसीले जनाएको छ । प्रधानमन्त्री हसिना भारतको पश्चिम बंगाल पुगेको बङ्गलादेशबाट प्रकाशन हुने ढाका ट्रिबुनमा समाचार छ ।

सोमबार बङ्गलादेशमा आरक्षणलाई लिएर चलिरहेको आन्दोलन थप व्यापक भएको छ । विद्यार्थी नेताहरुले दिएको ‘लङ मार्च टु ढाका’ को आह्वानमा हजारौं मानिस ढाकाको उपनगरीय इलाकातर्फ र्‍याली गरिरहेका छन् ।

आइतबारदेखि फेरि सुरु भएको हिंसामा हालसम्म कम्तीमा ९० जनाको मृत्यु भएको बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!