बीसीसी यूकेमा ३ दिने चिल्ड्रेन समर क्याम्प संचालन

SHARE:


लन्डन १५ अगस्ट २०२४ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) को ३ दिने चौंथो चिल्ड्रेन समर क्याम्प सम्पन्न भएको छ । गत सोमबार १२ अगष्टदेखि संचालन भएको ३ दिने समर क्याम्प बुधबार सम्पन्न भएको हो ।

बेलायतमा रहेका नेपाली बालबालिकाहरुलाई बुद्धिजम, मेडिटेशन, योगा, दैनिक पूजापाठ लगायतको विषयमा जानकारी गराउने उद्देश्यका साथ उक्त क्याम्पको आयोजना गरिएको हो ।

विभिन्न उमेर समूहका ३७ जना बालबालिकाहरुको सहभागिता रहेको चिल्ड्रेन समर क्याम्पमा विभिन्न खेलहरु खेलाईएको थियो । त्यस्तै, यसपटक मनोरन्जनका लागि गुम्बा बाहिर स्थानीय विद्यालयमा सुटिङ्ग खेलमा सहभागी गराई मनोरन्जन प्रदान गराइएको थियो ।

उक्त सुटिङ्ग, खेल तथा कुईज प्रतियोगिताका सहभागी मध्ये उत्कृष्ट बालबालिका तथा समूहलाई पुरस्कार प्रदान गरियो ।
बिशेषगरी नेपाली बालबालिकाहरुको सहभागिता रहेको सो क्याम्पमा गुम्बाका धर्म गुरु खेन्पो सेनाङ्ग र लोपेन नर्बुले विभिन्न बिषयमा प्रवचन तथा मेडिटेशन, आमा उपप्रमुख शारदा गुरुङले योगा अभ्यास गराएका थिए । त्यस्तै, संयोजक खुशीमान गुरुङले विभिन्न खेल खेलाउनुका साथसाथै कुईज प्रतिस्पर्धा संचालन र भिडियो सामाग्री प्रस्तुत् गरेका थिए ।

उक्त क्याम्पका लागि बीसीसी यूकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पाले सहभागी बालबालिकाहरुलाई चक्लेट तथा आईसक्रिम, अध्यक्ष हर्कबहादुर गुरुङले खानृेपानी र उपाध्यक्ष क्याप्टेन देब घले तथा आमा सचिव तुल्सी घलेले पुरस्कार र चकलेट प्रायोजन गरेका थिए । त्यस्तै, उक्त क्याम्पको सहयोगार्थ सहभागी बालबालिकाका अभिभावकहरुले ५८१ पाउण्ड सहयोग गरेका थिए ।
बीसीसी यूकेका प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङको संयोजकत्वमा सम्पन्न भएको क्याम्पमा बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, उपाध्यक्ष आङ्गदावा शेर्पा, उपाध्यक्ष क्याप्टेन देब घले, उपाध्यक्ष रोबिन गुरुङ, आमा प्रमुख जगना गुरुङ, पूर्व आमा प्रमुख पुष्पा गुरुङ, निवर्तमान आमा प्रमुख उर्मिला गुरुङ, आमा उपप्रमुख शारदा गुरुङ, आमा सचिव तुल्सी घले, सल्लाहकार जंगबहादुर गुरुङलगायत स्वंयसेवकहरुको उपस्थिति रहेको थियो ।

उक्त क्याम्पको अन्त्यमा सहभागी बालबालिकाहरुलाई गुम्बाका प्रमुख लामा खेन्पो सेनाङ्गले प्रमाण पत्र तथा पुरस्कार र लोपेन नोर्बुले खादा लगाई बधाई तथा शुभकामना दिएका थिए । सो अवसरमा संयोजक एवं प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङले सबै सहभागी बालबालिका, अभिभावक र गुम्बा स्टाफहरुलाई धन्यवाद दिए ।

स्मरण रहोस्, बीसीसी यूकेले गत ४ बर्ष देखि प्रत्येक बर्ष समर क्याम्पको आयोजना गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!