कानुन संशोधन गरेर गैरआवासीय नेपाली नागरिकता व्यवहारिक बनाउन गृहमन्त्रीसँग एनआरएनएको आग्रह

SHARE:


काठमाडौं २१ अगस्ट २०२४ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता व्यवहारिक नभएको भन्दै कानुन तथा नियमावली संशोधन गर्न आग्रह गरेको छ ।

अध्यक्ष डा. बद्री केसीको नेतृत्वको टोलीले मंगलबार गृहमन्त्री रमेश लेखकसँग भेट गर्दै उक्त आग्रह गरेको हो ।

‘गैर आवासीय नेपाली नागरिकताका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार व्यवहारमा प्रयोगको लागि नेपालको विद्यमान कानुनमा रहेका समस्याहरु, कानुन तथा नियमावली संशोधनका उपायहरु तथा तत्कालै अध्यागमन, मालपोत, बैंक तथा अन्य व्यवहारिक ठाउँका समस्या तुरुन्त समाधानका लागि माननीय गृहमन्त्री रमेश लेखक तथा कानुनविद् वरिष्ठ अधिवक्ता एवं तत्कालीन संविधानसभाका सदस्यहरु राधेश्याम अधिकारी, अग्नी खरेल, खिमलाल देवकोटा एवं रामनारायण बीडारीसँग आज बृहत् छलफल सम्पन्न भयो,’ अध्यक्ष डा.केसीले भने, ‘माननीय गृहमन्त्रीज्यूसमक्ष संस्थाको लिखित धारणासहित पेश गरियो ।’

छलफलमा एनआरएनएका पदाधिकारी तथा अन्य सरोकारवालाको उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!