एटा संवाददाता
फार्नबोरो । एसियन महिला एसोसिएसन (आमा)ले विविध कार्यक्रमका साथ नेपाली हिन्दु नारीहरुको ठूलो पर्व तीज मनाएको छ ।
फार्नबोरोस्थित सामुयल कोडी कलेजमा गत आइतबार ९ सेप्टेम्बरका दिन मनाइएको हो । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीकी पत्नी पुनम राज्यलक्ष्मी सुवेदीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
रसमुरका डेपुटी मेयर सुकार्टर, काउन्सिलर बर्बरा हर्स्ट र मिस युके नेपाल–२०१७ सिर्जना गुरुङलगायतको विशेष उपस्थिति रहेको थियो । करिब ५०० बढी नेपाली दिदीबहिनीहरुले विभिन्न तीजका गीतमा सामूहिक नृत्य गरे ।
कार्यक्रममा प्रमुख अतिथि सुवेदीले सबै महिला दिदीबहिनीहरुलाई तीजको शुभकामना दिएकी थिइन् ।
कार्यक्रममा दुर्गा पुन, सुजना, मोनिका, अन्जोलालगायतले आकर्षक नृत्य प्रस्तुत् गरिन् । सदाझैं यसवर्ष पनि प्रस्तुत् गरिएको नृत्यमा बेस्ट डान्सर हजुरआमा माइली गुरुङ, बेस्ट डान्सर आमा सुनमाया रोका र बेस्ट डान्सर अस्मिता थापा मगर भइन् । राफल ड्र समेत गरिएको कार्यक्रममा सुनिता थापाले रिया मनी ट्रान्र्सफरले प्रयोजन गरेको प्रथम पुरस्कार सुनको सिक्री प्राप्त गर्न सफल भइन् ।
कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि संस्थापक अध्यक्ष माया केसी एवं समाजसेवी रोजिना प्रधान राईले विशेष भूमिका निभाएकी थिइन् । त्यस्तै भेटघाट रेस्टुरेन्टले खाना, मिलन तमुले फोटोग्राफी र विशन गुरुङले भिडियोग्राफीको भूमिका निभाएका थिए ।
आमाकी अध्यक्ष अमिता बेल्वासेको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई विभा गुरुङले स्वागत मन्तव्य प्रकट गरेकी थिइन् । सचिव कल्पना गुरुङले कार्यक्रम सञ्चालन गरेकी थिइन्






