मगर हुनुमा गर्व गर्ने कि चिन्ता ?

SHARE:

लोक थापा मगर (गोर्खाली सुनारी मगर) – बेलायत

अलिकति मनको कुरो लेख्न अनुमति चाहे, भन्ने गरिन्छ अर्ध शिक्षा झन् खतरा (लिटल नलेज वेरी डेन्जर), १५-१६ कक्षा पढेर होइन, उमेर को अनुभवले लेख्दै छु।

मगर हुनुमा गर्व गर्ने कि चिन्ता भन्ने बिषयलाइ बुझ्न सजिलो बनाउन कै लागि केहि थप बाहिरका कुराहरु पनि राख्न आबस्यक ठानेर याँहा पंतीबद्ध गरेको छु छोटकरीमा।

पहिले -पहिले २२ से २४ से राजाहरुले बिक्रम संवत चलाय या चलायानन त्यो कुनै लिखित देखिएन/देखिदैन। भन्नु त । ७ औ , ८ औ शताव्दी तिर शंक्कार्यचार्यले काठमान्डूमा आक्रमण गरेको पनि भनिन्छ, जे होस् छिट-फुट मा बाहेक १५ औ शताव्दी तिर भने बाहुन हरु बाक्लै संख्या मा नेपाल प्रवेश गरेको भन्ने भनाइ छ। यिनै बाहुन हरु र केहि होस् गुमेका मगर हरु कै सहयोग मा बिक्रम संवत १६१६ मा लम्जुङका शाह राजकुमारले गोर्खा राज्यमा हमला साथै बिजय प्राप्त संगै अन्य रजौटा हरु माथि पनि हमला को क्रम तिब्र रह्यो र बिक्रम संवत को आधिकारिक मै चलन मा आएको देखिन्छ । राजा मान्सिंग खड्का मगर {खड्का मगर कतै भेटिदैन, घले मगर पो हुन् कि ?} को हत्या संगै मगर हरु ले अधिकार त गुम्यो नै, अस्तित्व नै गुम्न पुगेको छ। चलचित्र सिमा रेखा पनि हेर्नु भएको छ होला ?

चिनारी :
१, जिउ डाल/स्वभाव – मिलेको जिउ /डाल , खाइलाग्दो ,इमान्दारी ,सोझो, एक पटक भने पछि कहिलै नबिर्सने – नुन को सोझो गर्नु खप्पिस, त्यसैले ढाक्रे,खर्पने भनोस या मतुवाली, सोझो -लाटो लेडे जे भने पनि सहि नै। राजनीति फोहोरी खेल हो भन्यो सहि नै, रगतको भेल बगेको मन्दिर लाइ पबित्र स्थल भन्यो सहि नै , मगर ले पढ्नु हुदैन भन्यो सहि नै, बहादुर नाम राख भन्यो सहि नै , लाहोर जान जात भन्यो सहि नै, ढुङ्गा लाइ आलु भन भन्यो सहि नै कहिलै खोजि नीति विश्लेषण गर्नु नसक्ने – नचाहने हामि मगर, जे भने पनि ठिकै छ।

२, भाषा – कहिँ कतै पुस्तक हरु अथवा अग्रज हरु को भनाइ अनुसार मगर ले आफ्नो भाषा बोले वापत जिब्रो काटिएको, जरिवाना तिर्नु परेको इतिहासहरु छन् बेशेस गरेर खानिहरु मा काम गर्दा। जसले गर्दा मगर भाषा फस्टाउनु को सट्टा लोप हुने निश्चित भयो। अर्को लाहुरे प्रथा, जो रणभूमि मरे, बेपत्ता भए, पछिल्लो समय रोजगारी को सिलसिला मा विदेश पलायनसंगै मगर भाषा हरु हराउदै गए। परिवारसंगै विदेश जानेको त के कुरो गराई भो र?

३, भेष/पहिरन – पहिले -पहिले मगर हरु ले आफै ले कपास/भेडाहरुबाट आबस्यक कपडा/पाखी बनाएको अथवा आफै मा आत्मा निर्भर थिए, आफ्नै शिपले बुनेको पहिरनमा गर्व गर्थे। जव लाहुरेहरुले इण्डोनेसियामा उत्पादित लुंगी भित्रिन थाल्यो साथै नेपाल सरकार ले बाह्या अनुदान मा कारखाना बाट उत्पादित कपडाहरु आउन थाले मगर पहिरन बिस्तारै परिबर्तन हुन थाल्यो । सिंगापुरमा बनेको पेटी, जापान -भारत मा बनेको कपडा र सेलिब्रेटीहरुले डिजाइन/आकार प्रकार गरेको पहिरन लाइ हाम्रो भन्न बाध्य छ, हाम्रो पसिना ले आर्जेको केहि छैन।

४, संस्कार/रितिरिवाज – ठिक या बेठिक, सत्य या झुट, समय अनुसार मानिस हरुले पेट भर्न कै लागि अनेक कर्महरु गरे, शिक्षित व्यक्तिले एकै पटकमा निर्णय गर्छ, अशिक्षित व्यक्ति लाइ कुनै पनि काम गर्नु अनेक जुक्ति निकाल्नु पर्छ,भने जस्तै, हामि मगरहरुका पुर्खा हरुले पनि अबस्य नै धेरै गरेका छन् जसलाई हामि ले हाम्रो संस्कार भनेर गर्व गर्ने गरेका छौ सायद त्यो समयानुसार गलत नै किन नहोस ? मलाइ लाग्छ, मगर हरु मा आफ्नै तरिका आफ्नै रितिरिवाज थिए छ भने पनि कता कतै बौद्ध संस्कार पनि मिसिएको छ झैँ लाग्छ। मगर हरु ले पुजा गर्ने ठाउ लाइ स्थान नै भन्छ, चण्डी पुर्ने मा बनाइने छाप्रो लाइ पनि चण्डी स्थान नै भन्छ। जन्मे देखि मरण सम्म हामि मगर हरु को आफ्नै हुदा हुदै आज को दिन सम्म आइपुग्दा मगर हरु कसरि हिन्दुकरण हुन पुग्यो भन्ने बिषय मा गहिरो अध्यन गर्नु जरुरि छ भन्छु। मगर हरु ले कहिलै पनि संस्कृत पढेनन, हिन्दु को बर्णश्रम मा मगर लाइ शुद्र मै राखेको छ, जनै कहिलै लगाएनन , हामीले दिएको काचो सामान लैजाने गरेता पनि पकाएको कहिलै खाएनन पण्डित ले। मगर ले हिन्दु परम्परा अनुसार पुरोहित/पंदित्याई गरेको कहिलै देखेको छैन, नेपाल आगमन को १५ शताव्दी भन्दा पहिले काशी/बनारसबाट अहिले को नेपाल खाल्टो मा मगरले निम्तो गरेर बाहुन पण्डितले न्वारन गरिदिएको रे, घर चोख्याई दिएको रे भन्ने कुनै इतिहास देखिदैन। तर अहिले मगर को घर -घर मा पण्डित को भ्याई-नभ्याई किन? मगर ले आफ्नो बच्चा को नाम राख्न पनि नसक्ने नै हो त ? आफ्नु बस्ने घर अरु ले शुद्धि गरिदिनु पर्ने नै हो त ? बाहुन पण्डित ले बहादुर नाम राख्दैमा अर्काको गुलामी गर्नु पाएकै हो त ? घर मा पुजा गर्नु बोलाउदा मगर के भन्छ ? बिस्वास मा पण्डितज्युलाइ पुजा गरिदिन बोलाएको हो, गल्ति गरे उनीलाइ पाप लाग्छ भन्दै आफु चाहि सुर्ती माडेर बसी राखेको हुन्छ, स्वाहा भन्ने बेला मा मात्र झस्किन्छ मगर, संस्कृत मा के के पढ्यो मतलव नै हुदैन। मगर समाज मा हिन्दुत्व लादिनुमा पहिलो त गोर्खा राज्य को हार नै हो, रामायण /महाभारतमा जे जसको नाम लेखिए पनि पछिल्लो प्रमाण अग्रजहरुको भनाइ अनुसार राजा मान्सिंग को हत्या पछि अनेक झाल्झेल,षडयन्त्र अनि हुकुमी मार्फत दशैँ मान्नु बाध्य पारियो, बाजे को पालामा हुकुम ले तर्साएको मगरलाइ नातिको पाला सम्म त चलन मा जरा गाडि हाल्यो नि। दोश्रो गोर्खा भर्ति नै हो, ढुङ्गा लाइ आलु भन्नु सिकी राखे को लाहुरे लाइ पण्डित ले किन मालसिरी गाउन सिकाउदै छ भन्ने सोच्न पनि भ्याएन, लडाइ मा काम नलाग्ने बाहुन , उसै लाइ नेपाल देखि झिकाएर पल्टन मा किन ? भर्ति हुने बेला मा हिन्दु लेख्ने पर्ने, मर्ने मगर हरु त मरी हाले, बाचेका हरु ले पल्टन मा जे देखे गाउ मा गएर पनि उही तरिका अपनाए, अलि अलि पैसा वाला नै पर्यो, पत्याउनु नै भए । ठिक गरेको छु कि नाइँ लाहुरे ले विश्लेषण नै गर्नु सकेन , हेर्दा हेर्दै आफु त गयो गयो, सिंगो मगर नै रातो पछ्यारी, र पण्डित बिना बिहे पनि हुन नसक्ने या नसुहाउने भयो।

यी माथि का ४ ओटै बुदा मा मगर को आफ्नै चिनारी गर्न लायक को केहि बाकि छ त ? हामि झन्डै झन्डै सतप्रतिशत नै परनिर्भर (गुलामी) मा छौ। यी त भए छोटकरी मा मगर हरु लाइ कसरि हिन्दुकरण गरियो र हाम्रो परिचय को अवस्था।

चिनारी कै अर्को पाटो मा, मगरहरुको आफ्नो छुट्टै आइतवारे,शनिवारे, एरे -भयेरे, सिमे -भूमे स्थान-स्थानि, बाराही इत्यादि छन् , शुत्र/मन्त्र जे जसरि भट्भट्याए पनि पुजा गर्नु सम्म त राम्रै थियो होला,? तर नाम कै कारण र आफ्नो व्यक्तिगत मतलवको लागि बलि दिनु कत्तिको जायज ? के नाम मात्र ले पनि कसै को प्राण लिन्छन होला र ?मगरहरुले संसार देखेको २०० बर्ष भन्दा बढि भयो, बहादुर भन्दै अहिले सम्म पनि कान नसुन्ने मुर्ति संग सुरक्षा र शक्ति मागी रहेको छ, यो पनि मगर हरु को अशिक्षित चिनारी हो भन्दा फरक नपर्ला ? एकातिर हिन्दु संस्कार को ३३ कोटी देवीहरु, अर्को तिर मगर हरु कै आफ्नै छुट्टै सिमे -भूमे देवी देउराली पुजा, जता गए पनि पुजा ले मात्र बिधि पुरा भएन, बंगारा र खप्पर चढाउनु नै पर्ने , राम्रो संग सोचौ, के मगर हरु मा धर्म छ त ? धर्म हुन र गर्न को लागि पहिले मन शुद्ध हुनु पर्छ, अनि मात्र मुख बाट मिठो र शुद्ध शब्द निस्कन्छ अनि शरीर ले सहि कर्म गर्दछ। अहिले सम्म हामि ले जसलाई पुज्यौ, कसै बाट केहि सुख संदेश पाएका छौ त ? बन जंगल,भिर पाखा, हावा पानि ,जडिबुटि रुख-बिरुवा इत्यादि को संरक्षण गर्नु हाम्रो दायित्व हो,सिमे भूमे भनेकै त्यहि हो, तर प्राणिको रगत चढाउनु ठिक या बेठिक अब को शिक्षित युवाहरुले सोच्ने पर्ने हुन्छ, होइन र ?

नेपाल मगर संघ चानचुने तरिका ले स्थापना भएको होइन, आफ्नो मात्र होइन, परिवार कै जीवन खतरा मा राखेर लुकिछिपी संगठित हुदै जन्मेको संस्था हो नेपाल मगर संघ। त्यत्ति सम्म गरिदिएर पनि हामि मगर हरु ले कुरो नबुझ्नु बिडम्वना नै भन्नु पर्छ। अझ भन्नु पर्दा कमाइ भएका लाहुरे हरु ले नै हाम्रा अग्रज हरु को योगदान मा बेवास्ता गरिरेहेका छन जस्तो लाग्छ। संसार देख्यो, कति हण्डर खायो, कति हेपाइ र चेपाई भोग्नु पर्यो ? तैपनि लाहुरेहरुले आफ्नो अस्तित्व र चिनारी मा खासै ध्यान दिएको छैन, जहिले पनि खिस्स दात देखाएर मात्र हुन्छ त ?। बेलायत मा बस्ने मगर हरु ले अझै पनि पण्डित बिना आफ्नो कर्म काण्ड गर्न नसक्नु परनिर्भरता (गुलामी ) को ज्वलन्त उदाहरण हुन्।

शिक्षा स्वास्थ्य र चेतना कै लागि नेपाल मगर संघ ले मगर को धर्म बौद्ध {थेरवाद }भनेर बिधान मा लेखिएको छ, यदि हामि ले अर्कै तरिकाले मगरहरुको उद्दार र प्रगत्ति गर्नु सक्छौ भने उपाय बताउनु पर्यो, नत्र भने जहिले तहिले मात्र होइन पुस्तौ सम्म हामि परनिर्भरता मै बाच्नु पर्ने हुन्छ यहि स्थितिमा रमाई रहने हो भने अग्रजहरुको त्याग र तपस्या को त अपहेलना भयो नै । हत्केला भन्दा चाक्लो मोबाइल लिएर त के भो ? पजेरो – ल्यान्डक्रुजर चढेर त के भो ? जन्मेको गाउ देखि बेलायत -अमेरिका सम्म ५/१० ओटा घर छ भनेर त के भो ? कसैको सहारा बिना हाम्रो दैनिकी र जिन्दगि सफा हुदैन भने के चिनारी ? के अस्तित्व ?? तपाइँ हरु ले भन्नु हुन्छ होला धर्म निरपक्ष मा यस्ता कुरो नगर्नुस, यो धर्म निरपक्ष पनि हाम्रै अग्रजहरुले मगरहरु अति नै दयनिय अवस्था पुग्यो भनेर आवाज उठाएर मात्र यो स्थिति मा आइपुगेको हो। कुनै कमेन्ट छ भने कृपया सभ्य शब्द मा दिनु होला, असभ्य र गालीगलौज पठाउनु भयो भने मैले बुझ्नेछु मेरो बुझाइ/लेखाइ सहि रहेछ।

अन्त मा हाम्रो चिनारी : मगरहरु राजनीतिक बिचार लिएर हरेक स्थानिय स्तरमा लाग्नु पर्छ, आफ्नो छोरा छोरी हरु लाइ हौसला दिदै गर्नु होला। यहि नै सम्भव छ कि भन्ने सोचेको छु। साथै यो ठिटा ले के के नै गरेको रहेछ र निक्कै लेखनदास बनेको भनेर नभन्नु होला, म तपाई ,हामि ले अलि कति पनि रुढिवादी बिचार बाट परिबर्तन हुन सक्यो भने हामि त एउटै ड्याङ्ग का मुला भै हाल्यौ, छोरा-छोरी भन्दा पनि नाति-नातिनी हरु ले देश को चावी समाउने हैसियत मा पुग्छन कि भन्ने हो। जय मगर।

स्मरण रहोस: लेखक मगर संघ युके वेस्ट लन्डन शाखाका अध्यक्ष हुन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!