तेह्रथुम समाज यूकेको वार्षिक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

SHARE:

एटा संवाददाता

लन्डन,फार्नबोरो । तेह्रथुम समाज यूकेको वार्षिक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

शनिबार २ मे २०२६ का दिन समाजको भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । समाजका अध्यक्ष जय मादेम्बा र प्रमुख अथिति मेजर रिटायर्ड चित्रराज हुक्पा चोङ्बाङले पानसमा दिप प्रज्वलन गर्दै नेपालको राष्ट्रिय गान बजाएर कार्यक्रम उद्घाटन गरेका थिए ।

नेपालमा जेन-जी आन्दोलनमा ज्यान गुमाएका सहिदहरुलाई स्मरण गर्दै दुई मिनेट मौनधारण गरिएको थियो । कार्यक्रमको आरम्भमा सचिव विशाल लिम्बुले उपस्थित अथितिहरुलाई आसन ग्रहण गराउँदै सुरक्षाबारे जानकारी गराएका थिए ।

कार्यक्रममा तेह्रथुम समाजबाट शैक्षिक क्षेत्रमा विभिन्न विषयबाट मास्टर्स, ग्र्याजुएसन गर्ने विद्यार्थीलगायत संस्थालाई आर्थिक सहयोग गर्ने व्यक्तिहरुलाई खादा, प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अथिति मेजर रिटायर्ड चित्रराज हुक्पा चोङ्बाङ्, नेपाल पत्रकार महासंघ बेलायतकी अध्यक्ष बिमला सेने लिम्बु र पाँचथर समाज सेवा यूकेका अध्यक्ष नगेन्द्र नेम्बाङले शुभकामना मन्तव्य राखेका थिए ।

अध्यक्ष मादेम्बाले कार्यक्रममा उपस्थित अथिति, कार्यसमितिका महानुभावहरुलाई उपस्थितिका लागि हार्दिक धन्यवाद दिँदै औपचारिक कार्यक्रम समापन गरेका थिए ।

राफल ड्र उपाध्यक्ष ओम मगरले खेलाएका थिए । दोस्रो चरणको मनोरन्जनात्मक कार्यक्रममा स्थानीय कलाकार सुनिता थेबे र नेपालबाट आएकी अतिथि कलाकार गायिका रुपी सिङ्जाली मगरले विभिन्न नेपाली गीतहरु गाएर सहभागीहरुलाई बेस्सरी नचाएका थिए भने मोडेल एवं डान्सर जेनिहा तेयुङ लिम्बुले आकर्षक नृत्यहरु प्रस्तुत गरी भरपुर मनोरन्जन दिलाएका थिए ।

जय मादेम्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सानु सुब्बाले राखेका थिए ।

औपचारिक कार्यक्रम सचिव विशाल लिम्बुले सन्चालन गरेका थिए भने मनोरन्जनात्मक कार्यक्रम उपाध्यक्ष सानु सुब्बाले सन्चालन गरेकी थिइन् ।

टिकेटिङमा कोषाध्यक्ष बल लिम्बु, सहकोषाध्यक्ष लक्ष्मण लिम्बु, डिजेमा सहसचिव डगलसिङ सावा, अथिति सत्कारमा उपाध्यक्ष बिरनरसिङ हुक्पा चोङ्बाङले जिम्मेवारी सम्हालेका थिए ।

कार्यक्रममा पत्रकार महासंघ यूकेकी अध्यक्ष बिमला सेने लिम्बु, पाँचथर समाज सेवा यूकेका अध्यक्ष नगेन्द्र नेम्बाङ, धनकुटा समाज सेवा यूकेका अध्यक्ष शुक्र लिम्बु, सङ्घीय लोकतान्त्रिक सामाजिक मन्च यूकेकी अध्यक्ष शर्मिला याक्सो हुक्पा चोङबाङ, सल्लाहकारहरु डम्मर सिङ्गक लिम्बु, सूर्य खापुङ, गोकर्ण चोङ्बाङसहित तेह्रथुमवासी र नेपालीहरुको उपस्थिति रहेको थियो ।

अध्यक्ष जय मादेम्बाको मन्तव्य

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!