लन्डन । गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा मञ्जु भण्डारी खरेल निर्वाचित भएकी छन् ।
अल्डरसटमा आइतबार भएको आठौं अधिवेशनले मञ्जुको नेतृत्वमा समाजको नवौं कार्यसमिति सर्वसम्मतिमा निर्वाचित गरेको हो । उनले यसअघि समाजको उपाध्यक्ष, महासचिव, सचिव, प्रवक्तालगायतका महत्वपूर्ण जिम्मेवारी वहन गरिसकेकी छन् ।
आगामी दुई वर्षका लागि निर्वाचित कार्यसमितिमा क्या. ताम ढेगा र डा. विष्णु घिमिरे उपाध्यक्ष, महलाल घिमिरे महासचिव, राधा खरेल सचिव, अर्जुन बस्नेत कोषाध्यक्ष र माया केसी सह–कोषाध्यक्ष निर्वाचित भए भने प्रवक्ताको जिम्मेवारी सुरेश केसीले पाएका छन् ।
कार्यसमितिको सांस्कृतिक सचिवमा दीपक थापा मैथाने तथा सदस्यहरुमा मेजर बुद्धि भण्डारी, सूर्यविक्रम केसी, वासुदेव पोखरेल, लक्ष्मण पौडेल, रामप्रसाद पन्थी, पुण्डरी अर्याल, हिरा सापकोटा, हरिप्रसाद अर्याल, वसन्त खनाल, विश्वप्रताप सिंह, सुधिर गौतम र गीता काफ्ले निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।
समाजका सल्लाहकार मीन दर्लामीको संयोजकत्वमा मतिप्रसाद पुन र राजेन्द्र श्रेष्ठ सम्मिलित निर्वाचन समितिले नवनिर्वाचित कार्यसमिति घोषणा गर्दै शपथग्रहण गराएका थिए ।
नवनिर्वाचित कार्यसमितिलाई समाजका संस्थापक अध्यक्ष ओमप्रसाद काउचा, पूर्व अध्यक्षहरु अर्जुन गौतम, राम गलामी, टोप पल्ली, वीर बलाल, निवर्तमान अध्यक्ष रुद्र थापालगायतले बधाई तथा शुभकामना दिंदै आवश्यक सहयोगको प्रतिबद्धता जनाए ।
त्यस्तै, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, नेपालबाट आएका राजनीतिज्ञ एवम् समाजसेवी सुरेशचन्द्र भुषाल, समाजका सल्लाहकारहरु विनोद ज्ञवाली, कृष्ण भण्डारीलगायतले पनि नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिए ।






