महिलामा मोटोपनका कारण क्यान्सर बढ्यो

SHARE:

वेलायतमा पछिल्लो समय मोटोपनको समास्या बढ्दो छ । निकट भविष्यमा वेलायती सरकारका लागि सवैभन्दा ठुलो चुनौती नै मोटोपन हुने विज्ञहरुले चेतवानी पनि दिईरहेका छन । यसैवीच वेलायतमा मोटोपनको अर्को डरलाग्दो तथ्य बाहिर आएको छ । यो अध्ययनका अनुसारमा बेलायतमा महिलाहरुमा क्यान्सरका मुख्य कारण मध्ये एक मोटोपन रहेको बताइएको छ । यो अध्ययनका अनुसार माटी महिलाहरुमा क्यान्सर बढी देखिने गरेको हो ।
यो अध्ययनले अहिलेसम्म क्यान्सर लाग्ने कारक तत्वमा धुमपान थियो । तर अहिले मोटोपनले घुमपानले भन्दा पनि बढी क्यान्सर लाग्ने गरेको यो अध्ययनले देखिएको हो । बेलायतको क्यान्सर रिसर्च नामक सरकारी तथ्याङकले यस्तो देखिएको हो । सो सस्थाले पछिल्लो २५ बर्षको अध्ययनमा बढी तोलका कारण क्यान्सर लाग्नेको सख्या धुमपान गर्नेको सख्याभन्दा कम देखिएको हो । तर यो तथ्याङक महिलाको मात्र रहेका पनि सो सस्थाले स्पष्ट पारेको छ । यसले महिलाका लागि आवश्यकता भन्दा बढी तौल पुरुषलाई भन्दा बढी हानिकारक देखिएको हो ।

यो सस्थाले गरेको अनुमान झन डरलाग्दो देखिएको छ । सन २०३५ सम्ममा महिलामा हुने कुल क्यान्सरमा १० को कारण मोटोपनका कारण हुने अनुमान सस्थाको छ । यो सख्या करिब २५ हजार हुन आउने देखिन्छ । जबकी सो अवधिमा घुमपानका कारण करिब ९ प्रतिशतमा क्यान्सर लाग्न सक्ने अनुमान गरिएको छ । यो सख्यामा २३ हजार रहने यो सस्थाको भनाई छ । यसले आगमी दिनमा मोटोपन महिलामा थप हानिकारण हुने निश्चित रहेको बताइएको छ । यो च्यारिटी सस्थाले स्कटल्याण्ड सरकारलाई थप बलियो कदम चाल्न सुझाव समेत दिएको छ ।

यो संस्थाले यो समास्या कम गर्न विभिन्न उपायहरु समेत सुझाएको छ । सस्थाले सुपरमार्केटहरु जंक फुडका लागि नया नियम लागउनुपर्ने अवाश्यकता औल्याएको छ । जंकफुडबाट मोटोपनको समास्या बढ्ने गरेको विभिन्न अध्ययनले देखाएको छ । सुपरमार्केटमा विभिन्न समयमा लाग्ने विभिन्न अफरहरुले समेत मोटोपन बृद्धिमा योगदान पुर्या‍इरहेको देखिएको छ । सस्थाले विभिन्न क्षेत्रबाट आएका डाटाहरुलाई विश्लेषण गरेको थियो ।

तर स्कटल्याण्डबाट आएका डाटा भने अनुमानित रहेको बताएको छ । सन २०४३ सम्म वेलायतमा मोटोपन क्यान्सरका लागि मुख्य कारक हुने यो तथ्याङकले देखाएको अध्ययनले देखाएको छ । यो सस्थाले स्कटल्याण्डमा जंकफुड अफरमा मात्र रोक लगाउन सके यसले धेरै मोटोपन कम दिने दावी गरेको छ ।

यो सस्थाले अनुसार यो नियमले मात्र करिब ६२ प्रतिशत माहिलाहरुमा मोटोपन कम हुन गई क्यान्सर लाग्ने संभावना न्यूनीकरण गर्न सकिने बताइएको छ । क्यान्सर युकेले यसका लागि जनचेतना अभिबृद्धिको कार्यक्रम पनि गर्ने बताएको छ । मोटोपन र क्यान्सरलाई संगसगै लान सकिए मोटोपनबाट हुने क्यान्सर पनि कम गर्न सकिने सस्थाको भनाई छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!