बेलायत निवासी मिलन तमुको शब्द रहेको ‘रोधी घरको आँगन-४’ गीत सार्वजनिक

SHARE:

लन्डन २८ फेब्रुअरी २०२५ । बेलायत निवासी पूर्वगोर्खा तथा सञ्चारकर्मी मिलन तमुको शब्द रचनामा ‘रोधी घरको आँगन-४’ गीत सार्वजनिक भएको छ ।

गोर्खा मिडिया यूकेको प्रस्तुति रहेको कौडा/चुड्का गीत शुक्रबार आरके गुरुङको युट्युब च्यानलबाट रिलिज गरिएको हो । गोर्खा मिडियाका प्रबन्ध निर्देशक तमुको गीत गायक रामकुमार गुरुङ (आरके)को लय संकलन रहेको मौलिक कौरा/चुड्का गीतमा आरके गुरुङ र अनु चौधरीको स्वर रहेको छ ।

गणेशमान घले, जुना गुरुङ सुरज गुरुङ र चाहना राना मगरले अभिनय गरेको भिडियो कमल बहादुर गुरुङले निर्देशन गरेका छन् । भिडियो कास्कीको पर्यटकीय गाउँ ल्वाङमा छायांकन गरिएको हो । भिडियोमा तमु धीं यूके, सहारा यूके र हङकङबबाट नेपालबाट आएका टोलीसमेत देखिन्छन् । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङसहित निवर्तमान अध्यक्ष, पूर्व र वर्तमान पदाधिकारी तथा सदस्य, सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङ तथा सदस्यलगायतको उपस्थिति छ ।

गीतकार तमु र गायक गुरुङद्वयले आफ्नो मौलिक लोक संस्कार संस्कृतिलाई भावीपुस्तासम्म चिनाइराख्ने अभिप्रायले रोधीघरको आँगन बोलको गीतलाई १ दशकदेखि निरन्तरता दिँदै आएका छन् । अहिलेसम्मका रोधीघरको आँगन बोलको सबै १, २ र ३ भागलाई दर्शक/स्रोताहरुले धेरै रुचाइदिएकोले र मौलिक गीतलाई निरन्तरतास्वरुप चौथो भाग निर्माण गरिएको गीतकार तथा फोटो पत्रकार रहेका तमुले बताए ।

पहिलाको भागहरुलाई जस्तै रोधीघरको आँगन भाग ४ ले पनि धेरै दर्शकस्रोतको मन तान्ने गीतकार र गायकले अपेक्षा राखेको बताएका छन् । यसअघिका गीतहरु पनि आरके गुरुङ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!