तमु कलाकार सांस्कृतिक मञ्च यूकेले १५ मार्चमा चौथो रोधीं साँझ-२०२५ आयोजना गर्ने

SHARE:

लन्डन ५ मार्च २०२५ । तमु कलाकार सांस्कृतिक मञ्च यूकेले यही १५ मार्चमा चौथो रोधीं साँझ-२०२५ गर्ने आयोजना गर्ने भएको छ ।

मञ्चले दशौँ वार्षिकोत्सवसहित रोधी साँझ गर्न लागेको हो ।

सोही अवसरमा चौथो तमु कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले यूकेमा स्थापना गरिएको मञ्चले  हरेक दुई वर्षमा रोधीं साँझ गर्दै आएको छ ।

अल्डरसटस्थित एम्पायर हलमा अपराह्न ४ बजे सुरु हुने कार्यक्रममा चर्चित कलाकारहरूले प्रस्तुति दिनेछन् ।

समय मिलाएर कार्यक्रममा सहभागी भई हौसला प्रदान गरिदिन मञ्चले अनुरोधसमेत गरेको छ ।

‘कला संस्कृतिको जगेर्ना, हाम्रो चाहना’ नारासहित सन् २०१५ मा संस्थाको स्थापना भएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!