खादा निषेधको उर्दी फिर्ता नगरे वडाध्यक्षले राजीनामा दिनुपर्ने

SHARE:

काठमाडौं‌ । सुनकोशी गाउँपालिका वडा नं. १ का वडा अध्यक्षले धार्मिक पवित्र वस्तु खादामाथि प्रतिवन्ध लगाउने उर्दी जारी गरेकोमा आदिवासी जनजाति संघसंस्थाहरुले उनको राजीनामा माग गरेका छन् ।

नेपाल तामाङ घेदुङ ३ नं. प्रदेश समिति, आदिवासी जनजाति महासंघ, नेपाल तामाङ घेदुङ, नेपाल शेर्पा संघ, जिरेल संघ नेपाल, तमु ह्युल छौंज धिं गुरुङ राष्ट्रिय परिषद्, ह्योल्मो सेवा समाज, नेपाल थामी समाज, नेपाल माझी उत्थान संघ, दनुवार जागरण समिति, नेपाल मगर संघ र योल्मो काग्र्यु साङ्ङाग लाछोग लगायत १२ आदिवासी जनजाति संघसंस्थहरुले मंगलबार विज्ञप्ती जारी गर्दै सो आग्रह गरेका हुन् ।

वडा अध्यक्ष नेत्रबहादुर कार्कीले २०७५ असोज ९ गते धार्मिक पवित्र वस्तु खादालाई आफ्नो वडा क्षेत्रभित्र २०७५ कातिक १ गतेदेखि लागू हुने गरी कुनैपनि सार्वजनिक कार्यक्रममा प्रयोग नगर्न निषेध जारी गरेको थियो ।

विज्ञप्तीमा धार्मिक वस्तुमाथि प्रतिवन्ध लगाउने यसखालको निर्णय एकातर्फ आदिवासी सभ्यताले विकास गरेको संस्कृति माथिको गम्भीर आक्रमण हो भने अर्कोतर्फ काुनूनी रुपमा नेपालको संविधान–२०७२ र मुलुकी संहिता ऐन परिच्छेद–९ धर्म सम्बन्धि कसुरको दफा–१५५ समेतको प्रावधान विपरित रहेको उल्लेख छ ।

खादा निषेधको उर्दी फिर्ता नलिए पदीय ओहदाको दुरुपयोग हुनेगरी धार्मिक रुपमा अरुको संस्कृतिमाथि आक्रमण गर्ने ब्यक्ति जनप्रतिनिधिको रुपमा पदमा रहिरहन नमिल्ने हुँदा तत्काल पदबाट राजीनामा दिन माग गरिएको हो । अन्यथा, यसबाट उत्पन्न परिणामको परिणामको स्वयंम् जिम्मेवार हुने विज्ञप्तीमा भनिएको छ ।

वडा अध्यक्ष कार्कीको उर्दीको चौतर्फी आलोचना भएपछि कार्कीले असोज १२ गते काइते भाषाको प्रयोग गरी क्षमा मागेपनि निर्णय फिर्ता नलिएकोमा आदिवासी जनजाति संघसंस्थाहरुले आपत्ती जनाएका हुन् । विज्ञप्तीमार्फत उनलाई आम समुदायमा दिग्भ्रमित बनाउने कोशिस नगरी प्रष्ट भाषामा खादा निषेधको उर्दी पूर्ण रुपमा फिर्ता लिन आग्रह गरिएको छ ।

विज्ञप्तीको पूर्ण पाठः–

आदिवासी जनजाति संघ, संस्थाहरुको
संयुक्त प्रेस विज्ञप्ती

सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष नेत्रबहादुर कार्कीले मिति २०७५ असोज ९ गते पवित्र वस्तु खादालाई २०७५ कातिक १ गतेदेखि कुनैपनि सार्वजनिक कार्यक्रममा प्रयोग गर्न नपाउने गरी पूर्ण रुपमा निषेध गरेकोमा हामी आदिवासी जनजाति संघ÷संस्थाहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।

धार्मिक रुपले समेत पवित्र वस्तुको रुपमा सबैले स्वीकार गरिसकेको खादालाई प्रतिवन्ध लगाउने वडा अध्यक्षको उर्दी जारी भए पश्चात मिति २०७५ असोज १२ गते नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोक र नेपाल तामाङ घेदुङ काभ्रेले विरोध जनाएको थियो ।

त्यसपछि वडा अध्यक्ष नेत्रबहादुर कार्कीले असोज १२ गते नै एक विज्ञप्ती जारी गरी क्षमा मागेपनि प्रष्ट बुझिने भाषामा खादा निषेधको निर्णय फिर्ता नलिएकोमा हामी पुनः वडा अध्यक्षलाई स्मरण गराउन चाहन्छौ । धार्मिक वस्तुमाथि प्रतिवन्ध लगाउने यसखालको निर्णय एकातर्फ आदिवासी सभ्यताले विकास गरेको संस्कृति माथिको गम्भीर आक्रमण हो भने अर्कोतर्फ काुनूनी रुपमा नेपालको संविधान–२०७२ र मुलुकी संहिता ऐन परिच्छेद–९ धर्म सम्बन्धि कसुरको दफा–१५५ समेतको प्रावधान विपरित रहेको छ ।

तसर्थ, वडा अध्यक्ष कार्कीले काइते भाषाको प्रयोग गरी शब्दजालको खेल खेल्ने र आम समुदायमा दिग्भ्रमित बनाउने खालको विज्ञप्ती जारी नगरी प्रष्ट भाषामा २०७५ असोज ९ गते जारी गरेको खादा निषेधको उर्दी पूर्ण रुपमा फिर्ता लिन आग्रह गर्दछौ । फिर्ता नलिए पदीय ओहदाको दुरुपयोग गर्नेगरी धार्मिक रुपमा अरुको संस्कृतिमाथि आक्रमण गर्ने ब्यक्ति जनप्रतिनिधिको रुपमा पदमा रहिरहन नमिल्ने हुँदा तत्काल पदबाट राजीनामा दिन अनुरोध गर्दछौ ।
अन्यथा, यसबाट उत्पन्न सम्भावित परिणामको स्वयंम् जिम्मेवार हुने पनि यसै विज्ञप्तीमार्फत जानकारी गराउँदछौं ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!