नेपाल हेर्न जाऔं

SHARE:

प्राकृतिक छटाले नेपाललाई सुन्दर मात्र बनाएको छैन, लोभलाग्दो पनि बनाएको छ । नेपाल मनमोहक छ । समथर भूमिदेखि सर्वोच्च शिखर सगरमाथासम्मको भुगोल यहीं छ । नेपालको प्राकृतिक सौन्दर्यताले मात्र होइन, नेपालीको आत्मिय आतिथ्यताले पनि पर्यटकहरुको मन लोभ्याइरहेको छ । नेपाल र नेपालीको स्थायी आम्दानीको स्रोत पनि हो पर्यटन क्षेत्र । तर, अहिलेसम्म पर्यटन क्षेत्रबाट नेपाल र नेपालीले मनग्य आम्दानी गर्न भने सकेको छैन । यसका विभिन्न कारण छन्, जसका कारण अहिलेसम्म पनि नेपाललाई विश्वमा चिनाउन सकिएको छैन ।

पर्यटनसँग सम्वन्धित नीति नियम अव्यवहारिक रहेको भन्दै व्यवसायीहरुले आलोचना गर्दै आएका छन् । सरकारले नीति नियम कडाई गर्दा कतिपय पर्यटकहरु नेपाल आउन नसकेको र पूर्वाधार बन्न नसकेको स्थिति रहेको व्यवसायीहरुले बताउने गरेका छन् । त्यस्ता खालका पर्यटकको आगमनलाई नै कमजोर पार्ने खालका नीति नियम हुन भने त्यस्ता नीति नियमहरु खारेज गरेर अर्को नयाँ नीति बनाउन सरकारले हिच्किचाउनु हुँदैन । त्यसका लागि तत्काल ध्यान दिन जरुरी छ । सरकारले भिजिट २०२० घोषणा गरेको छ । २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यसका लागि नेपालमा पूर्वाधार छ कि छैन, अब बनाउने स्थिति रहन्छ या रहँदैन भन्ने विषय भने टड्कारो बनेको छ । भिजिट २०२० का लागि अहिलेदेखि नै विभिन्न अभियानहरु सञ्चालन भएका छन् । यो अभियानले सार्थकता पाउने हो भने पर्यटन क्षेत्रबाट नेपाल र नेपालीलाई धेरै फाइदा पुग्नेमा दुइमत छैन ।

राष्ट्रिय अर्थतन्त्रको प्रमुख स्रोतको रुपमा रहेको पर्यटन व्यवसाय नेपालको समृद्धिको आधार स्तम्भ हो । प्राकृतिक सम्पदाको बरदान रहेको नेपालले अलिकति बुद्धि पुर्‍याउन सक्ने हो भने पर्यटन व्यवसायमार्फत कुल ग्राहस्थ उत्पादन जीडीपीको पारो माथि उकास्न समस्या छैन । विश्वलाई थाहा छ, नेपाल विश्वमै परिचित प्रमुख पर्यटन गन्तव्य हो । ट्रिप एड्भाइजर, लोन्ली प्लानेट, विजनेश इन, साइडर, सीएनएन, बीबीसी जस्ता पर्यटनसम्बद्ध अन्तराष्ट्रिय एजेन्सी र संचारमाध्यमहरुको नजरमा नेपाल हरेक वर्ष कतै न कतै परिरहेको हुन्छ । नेपालले पर्यटन प्रवद्र्धनका लागि मार्केटिङ गर्न जान्ने हो भने लाखौं विदेशी खर्चालु पर्यटक भित्र्याउन समस्या पर्दै पर्दैन । बेलायतमा बसोबास गर्ने नेपालीहरुले पनि नेपालका आ–आफ्ना गाउँघर घुम्नका लागि प्रचार प्रसार गर्न जरुरी छ । दोस्रो पुस्ताका नानीबाबुहरुलाई पनि आफ्नो मुलुक देखाउन जरुरी छ । एकपटकको नेपाली सधैको नेपाली हो भने सबैले एकपटक नेपाल हेर्न जाऔं अभियान सञ्चालन गर्न ढिलाई गर्न हुँदैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!