बेलायत बसाईको मेरो संक्षिप्त स्मरण

SHARE:

ज्ञानेन्द्र पुनमगर -नेपाल।

मगर संघ बेलायतको निमन्त्रणा संघको ४३औं स्थापना दिवस कार्यक्रममा सात्क्षात्कार गर्न सम्पूर्ण नेपाली मगरहरुको प्रतिनिधिपात्रको रुपमा बेलायत पुगी नेपाल फर्केको छु । नेपाललाई आफ्नो मूलघर सम्झेर गरेको निमन्त्रणाका लागि मगर संघ बेलायत र अध्यक्ष सिता पुनमगर लगायत सबै पदाधिकारी सदस्य ज्युहरुलाई धन्यवाद ब्यक्त गर्दछु ।

बेलायतको मेरो १९ दिन बसाईको अबधिमा मैले देखे भोगेको केही स्मरण लेख्न गैरहेको छु । यस स्मरण लेख कुनै व्यक्ति वा संस्थाप्रति लक्षित गरेको छैन भएमा संयोग मात्रै हुनेछ । त्यसो भएमा हृदयदेखि नै माफी चाहन्छु ।

मगर संघ बेलायतको औपचारिक निमन्त्रणामा नेपाल मगर संघ केन्द्रीय समितिको बहालवाला अध्यक्ष औपचारिक कार्यक्रममा सहभागी भएको सम्भवत: पहिलो नै होला । बिगतमा पनि प्रयत्न नभएको थिएन विभिन्न कारणले सम्भव हुन सकेन । गोर्खा भर्ती र भूपू गोर्खाहरूको आन्दोलनको कारणले नेपालदेखि निक्कै ठूलो संख्यामा गोर्खाज मगरहरुको बेलायतमा बसोबास भैरहेको छ । नेपाल मगर संघलाई हुर्काउन बढाउन र संस्थालाई जीवन्त राख्नमा यही महान् गोर्खाजहरुको ठूलो साथ सहयोग रहेको छ । यहि योगदानको सम्मानार्थ बेलायत पुगेर २०८१ फागुन ७ देखि २६ गते (१९ दिन) बसाई भयो ।

बेलायतको बसाईमा मगर संघ बेलायतले बनाएको कार्यक्रम बमोजिम १० वटा औपचारिक कार्यक्रममा सहभागी भए भने एक दर्जन बढी अनौपचारिक कार्यक्रम तथा भेटघाटमा सहभागी भए । मेरो व्यक्तिगत कार्यतालिका केहि पनि थिएन । त्यहाँ रहँदा सबैजसो कार्यक्रमहरुमा नेपाल मगर संघले मगरहरुको समृद्धिको बारेमा बनाएको ४ खम्बे नीति, कार्यक्रमहरु र मगर समुदायको समसायिक सवालमा तथा निर्माणाधीन “प्रथम सहिद लखन थापामगर स्मृति संग्रहालय भवन” निर्माणको बारेमा मेरो मन्तब्य केन्द्रित रहेको थियो । यस क्रममा बेलायतको विभिन्न भूगोलहरुमा बसोबास गरी विभिन्न पेशा ब्यबसाय गर्ने अगुवा मगरहरुबाट महत्वपूर्ण सल्लाह सुझाव प्राप्त गरेको छु ।

मेरो प्रस्तुतिमा ब्यबसाय गर्ने हो भने बेलायतका सबैभन्दा लोकप्रिय र प्रभावशाली व्यवसायीहरू सर रिचर्ड ब्रान्सन (भर्जिन ग्रुप), सर जेम्स डायसन (डायसन) र लर्ड एलन सुगर (एम्स्ट्राड, द अप्रेन्टिस) हुने गरी गरौं, राजनीति पार्टीमा काम गर्ने हो भने ऋषी सुनकजस्तो बन्नु पर्दछ, गोर्खा भर्तीमा पनि अब आर्मी चिफ बन्ने गरि लाग्नु पर्‍यो, सरकारी प्रसाशनमा प्रवेश गर्ने नीति लिनुपर्‍यो, सैद्धान्तिक शिक्षा तथा ब्यावसायिक शिक्षा कम्तीमा ब्याचलर डिग्रीसम्म अनिवार्य लिनु पर्‍यो समग्रमा त्यहाँको प्रमुख शासक गोरा जातिसँग हरेक ढंगले प्रतिस्पर्धी बन्नु पर्‍यो भन्ने बेलायत बासीहरुमा मेरो आग्रह रह्यो । त्यसका अलावा मगरात सभ्यताको जगमा बिकसित भएको मगर समाजको उत्पत्तिको चरणमा एउटै भए तापनि आज भाषिक, सांस्कृतिक र सामाजिक पहिचान फरक फरक बन्दै गैरहेको छ ।

“मगर समाज पहिचान अहिले मगर एकल मात्रै नभएर बहुसांस्कृतिक र बहुभाषिक समुदाय बनेको छ”, भौगोलिक रुपमा सबै क्षेत्रमा बसोबास छ, थरगत विविधता छ, राजनीतिक विविधता छ, देशको हिसाबले फरक-फरक देशको नागरिक भएका छौ । यो हामी मगर भित्रको विविधता हाम्रो सम्पत्ती हो यसमा गर्व गर्दै रक्षा गर्नु पर्दछ । हामी मगर भित्र भएको विविधतालाई सम्पत्तिको रुपमा सम्मान गर्दै अगाडी बढ्नु पर्दछ । हामी भित्र भएको विविधतालाई समस्याको रुपमा लिएर एकले अर्को लाई अपमान गर्नु हुदैन सम्मान गर्नु पर्छ, यहि एकले “अर्कोको सम्मान गर्नु नै मगर एकताको कडी हो” भन्ने भनाई नै मेरो सारमा मन्तब्य थियो । यस प्रकारको मन्तव्यले हामी भित्रको विविधता भित्र खेलेर एक आपसमा घृणा भाव बढाउने सत्रुता बढाउन चाहने तत्वहरुबाट मगरहरु सचेत हुनुभो भन्ने मेरो अपेक्षा रह्यो ।

ईष्ट ईन्डिया कम्पनी संग नेपाल ले गरेको सुगौली सन्धी पश्चात पहिलो र दोस्रो विश्व युद्धमा बेलायती सेनामा गोरखा भर्ति हुन पुगेका हाम्रो पुर्खाहरुको कहाली लाग्दो बलिदानीपूर्ण योगदान, गोरखालीहरुको अदम्य सहासका कारण कुनै समयमा “सुर्य कहिल्यै नअस्ताउने देश बेलायत” बनेको रहेछ, यस्तो योगदान गर्ने वीर गोर्खाहरु को प्रतिकको रुपमा पहिलो भिसी पाउने गोर्खा कुलबिर थापामगरको शालिक मै पुगी सम्मान र श्रद्धा गरे । त्यसै गरि सम्मान गरि भिसी तुलबहादुर पुनमगर ज्युको नामबाट चलेको रेल र स्टेसनको अवलोकन गरे । Gurkha Museum अवलोकन गरे । यी सबै कुराको अवलोकन गर्दै गर्दा हाम्रो पुर्खाहरु ले आफ्नो रहरले भन्दा पनि नेपाल सरकारले गरेको सन्धी बमोजिम गोर्खा भर्तीमा जान बाध्य बनाईएको रहेछ, अहिले सम्म पनि त्यसको निरन्तरता रहेछ, गोर्खाहरुले उठाएको समानता र न्यायको आन्दोलन ले केहि माग सम्बोधन भएता पनि धेरै बाकी नै रहेछन । गोर्खाजहरुको बंसजको नेपाली नागरिकता निरन्तरता को सवालमा राई-लिम्बु-गुरुङ को संस्थासग सहकार्य गरि नेपाल मगर संघले संयुक रुपमा आवाज उठाउनु पर्ने देखिएको छ ।

ब्रिटिस गोरखाका एजेन्डा सस्थाको एक प्रमुख एजेन्डा बनाउने प्रतिबद्धता जाहेर गरेको छु । Bfbs gurkha Radio, Amesbury Local FM Radio मा अन्तरवार्ता दिने सुअवसर मिल्यो, आफुले जाने बुझेको समसामयिक कुराकानी गरियो । Amesbury Town Mayor : Councillor Alan Hagger & Deputy Mayor : Councillor Dr Monica Devendran सग भेटघाट भयो न्यानो स्वागत गर्नु भयो । Folkestone Town Mayor : Councillor Abena Akuffo-Kelly सग भेटघाट गरियो । यस भेटघाटबाट नियम सबैले मान्नु पर्छ, जनप्रतिनिधीहरुले आफ्नो अफिसको सरसफाई र चिया कफी आफै बनाउने र सरकारको सेवा सुविधाबाट भन्दा पनि छुट्टै काम गरेर नै घर परिवार चलाउनु पर्छ भन्ने बुझियो । धेरै जसो स्थानीय बिकास निर्माणका कार्यहरु च्यारिटी कार्यक्रमबाट सहयोग उठाई गरिदो रहेछ ।

बेलायतमा रहँदा British Liberty, British Museum, Windsor Castle, Edinburgh Castle, Dover Castle, Salisbury Cathedral लगायतका प्राचिन र ऐतिहासिक स्थानहरुको छोटो अवलोकन गरियो । अग्रजहरुले बनाएका महलहरुको संरक्षण स्रहानीय लाग्यो, महल भित्र रहेको स साना पक्षहरुको प्रस्तुतिकला र शैली अनुकरणीय रहेछ, आफ्ना अग्रजहरुले गरेका ऐतिहासिक कार्यहरुको संरक्षण र प्रचारको शैली राम्रो छ। British Heritage को रुपमा संरक्षण र प्रबर्धन गरेको यस्ता महत्वपूर्ण स्थलहरुलाई आन्तरिक र बाह्य पर्यटकहरु आकर्षण गर्न डिजिटल प्रचार लाई निक्कै प्रयोग गरिएको छ, आफ्नो पक्षलाई Glorification (महिमा) गरि महत्वपूर्ण बनाउन कोहि पनि ब्रिटिस पछी नपरेको पाए ।आफ्नो राम्रो र पहिलो हो भनि दावी हरेकले गर्दा रहेछन । The Magna Carta (June 1215) कानूनभन्दा माथि छैनन् भन्ने सिद्धान्त लेख्ने पहिलो दस्तावेजले कानूनको शासन स्थापित गर्‍यो र यसले विश्वव्यापी रूपमा मानव अधिकार कानून र आन्दोलनहरूलाई प्रेरित गरेको छ भन्ने ब्रिटिसको दावी रहेछ ।

British Museum मा नेपालको : दुई हात भएको सम्वर (वा चक्र सम्वर) र वज्रवरही, बसिएको मैत्रेयको आकृति, लक्ष्मीनारायणको मुर्ती, बोधिसत्व वज्रसत्वको उभिएको आकृति, ६ हात भएको देवी वसुधरा, ताराका तामाको आकृति, मुकुट, शिरपोस (सम्भावित रूपमा “कुमारीको मुकुट”), वज्रधारा र १२ औं शताब्दीको उमा महेश्वरको ढुङ्गाको मूर्ति आदि राखिएको रहेछ । र नेपाल लाई भारत को प्रान्त जस्तो बनाएर प्रस्तुत गरेको महसुस गरे । यस संग्रहालयमा नेपालले नचिनेको प्राचिन महत्वपूर्ण पक्षलाई बेलायतले प्रदर्शन गरेर पर्यटक ओइराएको रहेछ । यस ब्रिटिश संग्रहालयले प्रारम्भिक मानव सभ्यताको प्रमाण प्रदर्शन गर्दछ, जसमा जेरिको खोपडी (लगभग ८,५००-९,३०० वर्ष पुरानो) र मेसोपोटामिया (६०००-१५५० ईसा पूर्व) का वस्तुहरू, र ओल्डुभाइ ढुङ्गा काट्ने उपकरण समावेश छ, जुन ब्रिटिश संग्रहालयमा सबैभन्दा पुरानो मानव निर्मित वस्तु हो रहेछ, १८ लाख देखि २० लाख वर्ष पुरानो रहेछ।

Jericho Skull: यरीकोमा उत्खननको क्रममा सँगै फेला परेको सात मध्ये एक प्लास्टर गरिएको मानव खोपडी, ब्रिटिश संग्रहालय संग्रहमा सबैभन्दा पुरानो मानव अवशेषहरू मध्ये एक हो, जुन ८,५०० देखि ९,३०० वर्ष पुरानो भएको दावी गरिएको रहेछ। Mesopotamia संग्रहालयमा टाइग्रिस र युफ्रेटिस नदीहरू बीचको भूमि मेसोपोटामियालाई समर्पित ग्यालरी (कोठा ५६) रहेको छ, जसले ६०००-१५५० ईसा पूर्वको बीचमा मानव सभ्यताको विकासमा महत्त्वपूर्ण मानिदो रहेछ । Cheddar Man लगभग १०,००० वर्ष पहिले बाँचेको थियो र यो बेलायतमा भेटिएको हाम्रो प्रजाति, होमो सेपियन्सको सबैभन्दा पुरानो लगभग पूर्ण कंकाल भनि दावी गरिएको छ ।

यसरि बिभिन्न पक्षहरुको अवलोकन गर्दै गर्दा बेलायतमा बस्ने नेपालीहरुको दिनचार्य र जीवनशैली हेर्दा व्यस्त, ब्यबस्थित र उन्नत जीवन देखिन्छ । काम नगरी बाच्न सकिन्न है भने सस्कृतिबाट प्रभावित भएको छ । काम गर्ने पर्छ आफ्नो लागि आफै काम गर्नु पर्दछ भन्ने रहेछ, ८०-८२ भन्दा पनि माथी उमेर भएका बुवा-आमा हरु पनि त्यत्तिकै बस्नु हुदैन काम गर्नु पर्छ भन्ने भएको ले आफ्नो शरीर लाई सक्रिय बनाएको पाए । यद्यपी केहि नेपालीहरुमा भने अल्क्षी गर्ने र केयरलेस गर्ने बानी नहटेको पाए । ६०/६५ वर्षका गोर्खाजहरु को छोराछोरीहरु पढेलेखेर राम्रो राम्रो स्थानमा काम गरिरहेको पाए । छोरा छोरीहरुले काम गर्ने कमाउने गरेता पानि हामी हाम्रो लागि आफै कमाउनु पर्छ रमाउनुपर्छ भन्ने भावनाबाट प्राय सबै बाबा आमा प्रेरित भएको पाए । यसबाट सामुहिकतामा बिश्वास गर्ने मगर समाज न्युक्लिस फेमिली तिर गएको महसुस गरे जो हाम्रो पहिचान रक्षा र पुस्तान्तरणका लागि निक्कै बनेको देखिन्छ । यस बाट हाम्रो भाषा संस्कार संस्कृति सहित मगर पहिचान हराउदै जाने देखिन्छ । मैले भेटेका र छलफल गरेका हरुलाई सकेसम्म सामुहिक बसाईलाई जोड गर्न सुझाएको छु । मगर सस्कार सस्कृति भाषा भेषभुषा र सामुहिक कार्य शैलीहरु नयाँ पुस्तालाई पुस्तान्तरण गर्न निक्कै ठुलो चुनौती छ त्यसलाई आत्मसात गरि मगर युवा च्याप्टर गठन गरि युवाहरुलाई समेट्ने प्रयास गरिएको रहेछ यद्यपी धेरै जसो युवा हरु संजालमा जोडिएका रहेनछन ।सबैले आ आफ्नो छोरा छोरीहरुलाई सामुहिक र सामाजिक कार्यमा सहभागी गराउन सुझाएको छु । र नेपाल मा बसोबास गर्ने युवाहरु र बेलायत कै रैथाने युवाहरुसंग सहकार्य गर्दै आगाडी बढ्नु पर्ने देखिन्छ ।

बेलायत बसाईको बेला धेरै आफन्तजन शुभचिन्तकहरुले भेटौ, संगै खाना खाउँ, भलाकुसारी गरौ, म घुमाउछु, महत्वपूर्ण स्थलहरु देखाउछु भनेर मा प्रति स्नेह देखाउदा पनि समय अभावका कारण हजुरलाई समय दिन नसकेकोमा क्षमा प्राथी छु । बेलायतको छोटो बसाई बात धेरै चिज सिकेर, अवलोकन गरेर फर्केको छु । Oxford University, House of British Parliament र Birth Palace of William Shakespeare पुग्न सकिएन, British Library पुगे पनि त्यहाँ भित्र रहेको नेपालको इतिहास र मगरको बारेमा लेखिएका कितावहरु खोजेर पढ्ने समय मिलेन।

अन्त्यमा मेरो बेलायत बसाई मा बिभिन्न कार्यक्रम बनाइदिई साथ सहयोग र समन्वय गरिदिने मगर संघ बेलायत र अध्यक्ष सिता पुनमगरज्यु, उपाध्यक्ष होम रोकामगरज्यु, महासचिव गुमानसिह थापामगरज्यु, सचिव गोमन पुनमगरज्यु, कोषाध्यक्ष मोहन थापामगरज्यु लगायत सबै पदाधिकारी सदस्यज्युहरु, मगर संघ बेलायतको बिभिन्न ब्रान्च कमिटीका अध्यक्षलगायत पदाधिकारीज्युहरु, पुर्व अध्यक्षहरु क्रमसः दुत पुन मगरज्यु, सुनिल रानामगरज्यु र कुल बहादुर थापामगरज्यु, प्याटर्न घन थापा मगर र कृष्णा थापा मगर, भाबहादुर पुन सर, ल्याप्टेनेण्ट कर्नेल टोल खाम्चामगर, मेजर शान्त पुनमगरज्यु, योग फगामीमगरज्यु, जंग पुनमगरज्यु, विश्व कृतिमानी हरि बुढामगर, बरिष्ठ उपाध्यक्ष लालबहादुर पुनमगरज्यु, उपाध्यक्ष निर्मला राना दिदि, उपाध्यक्ष रुद्र थापामगर, मेघ बुढामगरज्यु, कमला रानामगरज्यु, इन्द्र थापामगर एलजीज्यु, दिपक मैथानेमगर भाई, अनिल थापामगर भाई, मित्र हरिबंस रानाज्यु, सह कोषाध्यक्ष सरला थापा र टेक रानाज्यु, बिधान प्रमुख राम पुनमगरज्यु, सल्लाहकार तम ढेंगा मगरज्यु, ट्रष्टी जमुना पुन भाउजु, हिक्मतसिङ रोकामगर, शोभा रानाज्यु, छविमाया पुन ज्यु, देविसरा पुन ज्यु, दिल बहादुर थापामगर ज्यु, क्या. रामबहादुर आलेज्यु, बिजय हितान ज्यु, हर्क माया रोका ज्यु, बल पुर्जा पुनमगरज्यु, बिष्णु श्रीसमगर, तुलाचन्द्र तिलिजामगरज्यु, तेज राम्जालिमागरज्यु, रमेश सारान्गकोतीज्यु, नरेश खपांगीज्यु, राम गलामीज्यु, प्रेम गाहाज्यू, लक्की पुन दिदि र प्रकाश काउछा भाई र दिपेश पुन भाई, प्रेम गाहामगरज्यू, चित्र पुनमगरज्यू, बिर बरालमगरज्यु, रुक आलेमगरज्यु, सोब रेगामीज्यु, ओम थापा काउचाज्यू, दिपक रानाज्यु, रत्न पुनमगर लगायत सबै सबै जना प्रती साथ सहयोग र स्नेहका लागि धेरै-धेरै धन्यवाद सहित आभारी छु। म बाट भूलचुकमा गल्ति भएमा क्षमा याचना गर्दछु । बेलायत निवासी यहाहरुको बसाई थप सुन्दर, थप सफल र अझै उज्जल हुदै जावोस कुल पितृको आशिर्वाद हजुरहरुलाई लागोस हार्दिक शुभकामना व्यक्त गर्दछु। धन्यवाद । जय मगर !

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!