तमु कलाकार सांस्कृतिक मञ्च यूकेको २७ अप्रिलमा साधारणसभा तथा निर्वाचन

SHARE:

लन्डन २९ मार्च २०२५ । तमु कलाकार सांस्कृतिक मञ्च यूकेको २७ अप्रिल २०२५ मा साधारणसभा तथा कार्यसमितिको निर्वाचन तोकिएको छ ।

तमु धीं भवन मिचेटमा उक्त दिन बिहान ११ बजेदेखि साधारणसभा सुरु हुने मञ्चका प्रमुख सल्लाहकार तथा प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङले जानकारी दिए । सोही दिन ४ बजे नयाँ कार्यसमितिका लागि निर्वाचन हुने सूचनामा उल्लेख छ ।

मञ्चको निर्वाचनका लागि गीतकार तथा संस्कृतिविद् एकेन्द्र गुरुङ प्रमुख निर्वाचन आयुक्त रहेको निर्वाचन समिति गठन गरिएको छ । समितिको निर्वाचन आयुक्तमा सूर्य गुरुङ र चन्द्रध्वज गुरुङ छन् । सूर्य मञ्चका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार र चन्द्रध्वज कानुनी सल्लाहकार हुन् ।

साधारणसभा र निर्वाचनसम्बन्धी सूचना मञ्चका अध्यक्ष पदमराज गुरुङ र सचिव सुशील गुरुङले जारी गरेका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!