`अच्छा लेकिन लण्डनको चिसोले…’ नयाँ शैलीमा

SHARE:

काठमाडौँ १७ अप्रिल २०२५ । नेपाली चलचित्र ‘दैव संयोग’ मा समावेश गीत ‘अच्छा लेकिन लण्डनको चिसोले..’ लाई नयाँ शैलीमा तयार गरिएको छ । उक्त गीत राजेश हमालले अभिनय गरेको चलचित्र ‘नरसिंहा : अवतार’ मा समावेश गरिएको छ ।

सुन्धारास्थित एक चलचित्र भवनमा गीतको श्रव्यदृश्य सार्वजनिक गरिएको थियो । सो कार्यक्रममा पुनः सो गीतमा नयाँ पुस्तासँग नृत्य गर्न पाउँदा खुसी लागेको अभिनेता हमालले प्रतिक्रिया दिए । उनले भने, “यो गीत अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छ । पुरानै मिठासलाई कायम राख्दै नयाँ शैलीमा तयार पारिएको छ । यसमा नृत्य गर्दा पुरानो समयलाई स्मरण गरेँ ।” उनले चलचित्र ‘नरसिंहा : अवतार’ को विषयवस्तु मन परेकाले आठ वर्षपछि चलचित्रमा काम गरेको बताए ।

उक्त गीतका गायक तथा सङ्गीतकार शम्भुजित बाँस्कोटाले गीत पुस्तान्तरण भएकामा खुसी व्यक्त गरे । उनले यो गीत झण्डै २७ वर्षपछि नयाँ शैलीमा तयार गरेको जानकारी दिए । गीतमा उनकै शब्द रहेको छ भने नयाँ शैली गीतमा रचना रिमालले स्वर दिएका छन् । यसको पुरानो गीतमा देविका बन्दनाले स्वर दिएकी थिइन् ।

गीतको श्रव्यदृश्यमा कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् भने यसमा अभिनेता हमालसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरु एभेलिना खड्का र समाइरा थापाले नृत्य गरेका छन् ।

दिवाकर भट्टराईले निर्देशन गरेको उक्त चलचित्र ‘नरसिंहा : अवतार’ आगामी जेठ ९ गते प्रदर्शन हुँदैछ । यसमा नीर शाह, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिव जङ्ग बस्नेत, प्रकाशजङ्ग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, माइकल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जनलगायत कलाकारले अभिनय गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!