केसी, शर्माविरुद्धको अदालतको अवहेलना मुद्दामा थप विवरण माग्न आदेश

SHARE:


काठमाडौँ २९ अप्रिल २०२५ । गैरआवासीय नेपाली संघ यूके अध्यक्ष प्रेम गाहा मगरले संघका डा बद्री केसी, डा हेमराज शर्मालगायत विरुद्ध दायर गरेको रिटमा मंगलबार भएको पहिलो सुनुवाइमा थप विवरण माग्ने आदेश भएको छ ।

सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेका अनुसार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले विपक्षीहरूको पूरा विवरण निवेदनमा नभएकाले इजलासबाट थप विवरण माग्ने आदेश गरेको हो । यस्तै सर्वोच्च अदालतले यसअघि गरेका फैसला पनि अवलोकनका लागि सँगै राख्न इजलासले आदेश गरेको छ ।

गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहा मगरले बद्री केसी नेतृत्वविरूद्ध अदालतको अवहेलनामा कारवाही गरि पाउँ भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । गाहा मगरले डा. बद्री केसी, डा. हेमराज शर्मा तथा संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र रावतलाई प्रतिवादी बनाइ नेपालको संविधानको धारा १२६ (२), धारा १२८ (४), न्याय प्रशासन ऐन २०७३ को दफा १७१, दफा १७४ बमोजिम सर्वोच्च अदालतमा मंगलबार लिखित निवेदन पेश गरेका हुन्।

सर्वोच्च अदालतको स्पष्ट आदेश अनुसार संघको सम्पूर्ण जिम्मेवारी उच्चस्तरीय समितिलाई हस्तान्तरण गरिनुपर्ने थियो। तर, बद्री केसी नेतृत्वको टोलीले सो आदेशको खुला अवहेलना गरेको निवेदनमा जिकिर गरिएको छ। सर्वोच्चको अपहेलना मुद्दा ठहर भएमा एक वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ।

फैसला कार्यान्वयन निर्देशनालयले ४ पटकसम्म पत्र पठाएर कार्यान्वयनका लागि आग्रह गरेपनि केसी समूहले वेवास्ता गर्दै आएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!