‘यहाँ धैर्यपूर्वक पढ्न,लेख्न,सुन्न,बुझ्न नरुचाउने समाज हामी बनाइरहेछौं । घर,घडेरी,जग्गा र कार किन्नु वा जोड्नु नै यो जीवनको ठूलो प्रगति हो र उनै जोड्नेहरुलाई ठूलै प्रगति गऱ्यो भन्ने र भगवान पशुपतिनाथसरह मान्ने,पुज्ने समाज हामी नेपालमा प्रतिदिन निर्माण गरिरहेछौं ।’
सबैको प्राथमिकातामा १ नम्बर यो माथि उल्लेखित कुरा पर्दा देश पूर्ण समृद्धि हुँदैन तर सामान्य प्राथमिकतामा चाहिँ पर्नु पर्दछ। यी चिज प्राप्ति गर्न ध्यान खिचिँदा बेतिथी र भ्रष्टाचार मौलाउँछ । समाजमा आर्थिक असमानता बढ्दछ । कहालीलाग्दो काटमार सुरु हुने समाज निर्माण भविष्यमा हुनेवाला छ।
अर्कोतर्फ व्यक्तिगत,सामाजिक,राजनैतिक बौद्धिक,भेटघाट गर्दा सामान्य घरमा चिया, कफी,विस्कुट खाएर विमर्श गर्ने परम्परा नष्ट भई भेटघाट होटल,रेस्टुरेन्ट,तारे होटलमा भेटौँ न है भन्ने परम्परा बढेको देखें। रेष्टुरेण्टमा भेटघाट गर्दा चिया,कफी त चल्दै नचल्ने,अरु अरु Cheers,Beers,Whisky Brandy,Cocktail Order गरिदिनु पर्ने तर हामीलाई कसैले नगर्ने ? यस्तो लाग्यो कि हामी प्रजा र अरु सबै राजा ? यस्ता कार्यलाई विशेषगरी राजनीतिज्ञले मितव्ययी बनाउन जरुरी छ।
अर्को एक डरलाग्दो कुरो जसरी पनि पैसा मात्र धेरै कमाउनु पर्दछ र यसले हामी र सन्ततीलाई सुरक्षित राख्छ भन्ने सोचको होडबाजी भएको पाएँ । त्यसैगरी पैसा कमाएपछि पैसाको दुहाई दिँदै शासकीय,प्रशासकीय,राजनीतिक पद प्राप्ति गर्ने होडबाजी देखेँ ।
उता नेपालको हरेक वस्तु यति धेरै महँगो छ कि यस्तै Inflation जारी रहे अबको १० वर्षमा नेपालको Econony Crash हुने पक्का गर्न सकिन्छ । Infrastructure पनि ध्वस्त भएको भएको पाएँ मैले । Project Complection Delay व्यापक पाएँ मैले । जनस्तरमा चाहिँ Frustration व्यापक छ। जनताको नेतालाई हेर्ने दृष्टिकोण नकारात्मक पाएँ ।
अन्तर्राष्ट्रिय सम्बन्ध केही हद कमजोर बनेको पाएँ ।
नेताको भाषण,यो गर्छु,उ गर्छु,यो गरिदिन्छु,उ गरिदिन्छु भन्ने कुराको जनस्तरमा अविश्वास पाएँ । कानुनी राज्यको अवधारणा कमजोर पाएँ। मानव अधिकारको अवस्था खस्केको पाएँ । नियुक्ति,सरुवा,बढुवामा राम्रा मान्छे छान्नेभन्दा आफ्ना मान्छे बनाउने गरेको पाएँ। स्वतन्त्र न्यायपालिकामा समेत राजनीतिक भागबन्डा गरेको पाएँ । रोजगारीको अवस्था खस्केको पाएँ ।
स्वदेशी उत्पादनको अवस्था,आन्तरिक उपयोग र निर्यातको अवस्था खस्केको पाएँ । बस्तु आयात बढेको पाएँ । जनताले चारैतिर भ्रष्टाचार बढ्यो भनेको सुनें । हरेक घरमा नेपालमा भविष्य छैन भन्दै जसरी पनि छोराछोरीलाई विदेश पठाउन पर्दछ भन्ने गलत मानसिकता देखें ।
कमल थापा,राजेन्द्र लिङ्देन,नवराज सुवेदीको नेतृत्वमा भएको आन्दोलनले राजसंस्था पुन:स्थापना गर्न नसक्ने अवस्था रहेको देखें। यथास्थिति रहे जनस्तरको यो व्यापक Frustration ले हाम्रो समाज,राजनीति,प्रजातन्त्रलाई भविष्यमा कता कता धकेल्छ ? समयले नै बताउँला। यो Frustration लाई समयमै परिस्थिति नियाली Control मा ल्याउन नसके हिजो रवि लामिछानेले Catch and Cash गरे जस्तै अब भविष्यमा बालेन शाह वा अरु कसैले पनि Catch and Cash गर्दछन् कि भन्ने मलाई डर लागेको छ।
कांग्रेस पार्टी यसमा गंभीर हुन जरुरी छ। जनस्तरमा कांग्रेसको Top नेतृत्वप्रति जनताको मोह देखिनँ,पाइनँ मैले । यो कुराले मलाई दुःखी बनायो। कांग्रेस पार्टीभित्र वा देशभित्र डा शेखर कोइरालाको लोकप्रियता वा माग बढेको पाएँ ।
म फुर्सद समय पाउने वित्तिकै लेख्छु,पढ्दछु, नियाल्छु । यो कार्यले मलाई त्यो डरलाग्दो संसारबाट बाहिर निस्केर सपना देख्न र जीवन र बाँच्नुको सार्थकता के हो भन्ने बुझ्न,चिनाउन सहयोग गरेको छ। यो नकारात्मक कुरा लेखिरहँदा परिस्थिति सकारत्मक बनाउन केही सल्लाह संबन्धित निकायलाई दिन चाहन्छु ।
समाज उत्कट आदर्शहरूको अपेक्षामा छ । तर,ठूलो परिवर्तन ल्यायौं भने पनि मानिसलाई रोजगारी छैन । उद्योग छैन । पुँजी बजारले समाजलाई यसरी घेरेको छ कि बाँच्नलाई किन्नुपर्छ,किन्न नसक्नेले पैसा कमाएर किन्नुपर्छ । आफ्नै खेती गर्नेले पनि खेतीको आम्दानीले नथेग्नेगरी बीउ र फर्टिलाइजर किन्नुपर्छ । श्रम मूल्यको त कुरै छाडौं । त्यसैले मूल श्रमशक्ति वैदेशिक रोजगारीमा छ ।विद्यार्थीको ठूलो तप्का वैदेशिक अध्ययन-रोजगारीमा छ । त्यस धन्दाको दोहन पनि पुँजी बजारले नै गरेको छ। मुट्ठीमा गन्न सकिनेहरू कोही रातारात र कोही चौगुनाका हिसाबले धनी भएका छन् । चारैतिर परिस्थिति यसरी भड्काइँदैछ कि नेताहरुको कारणले देश समाप्तिको डिलमा पुगिसक्यो ।
देशमै उद्यम,देशमै लगानी र देशमै अध्ययन-यी तीन पक्षमा राष्ट्रिय नीति नबन्ने हो भने देश लगभग मरुभूमि बन्नेवाला छ । बरु नेपालमै मर्ने,जन्मभूमि भुटान जान नपाए कहीं नजाने भन्ने अडान राख्दै अन्तर्राष्ट्रिय शरणार्थी सहयोगी निकाय यूएनएचसीआरको सुविधाबाट समेत वञ्चित केही भुटानी शरणार्थी झैं स्वाभीमान भएका नेपालीले मात्रै नेपाल बचाउलान् ? लगभग १० वर्ष पछिको समाज चित्र आजको संकेतको दृष्टिले डरलाग्दो छ । उद्यम,लगानी र अध्ययन वातावरणको प्रारुप निर्माण हुन देशमा सुशासन हुनुपर्यो। सेवा र वितरण चुस्त हुनुपर्यो । उत्पादनको स्रोतमा गरिखानेको पहुँच हुनुपर्यो ।
पहिलो,
कृषिकर्म मात्र जानेकालाई जमिनको हकबाट बेदखल गर्ने अनि अनुपस्थित जमिनदारका जमिन बाँझै रहने असामान्य सामाजिक अन्यायको अन्त्य आजको मूल कार्यक्रम हुनुपर्छ । त्यस जमिनलाई निर्वाहमुखी परम्परामा होइन,व्यावसायिक प्रयोजनमा उपयोग गर्ने राष्ट्रिय कार्यक्रम बनाइनुपर्छ । वैज्ञानिक प्रविधि,उन्नत बिजन र सिँचाइ त्यसको मूल सर्त हो ।
दोस्रो,
साना तथा मझौला राष्ट्रिय उद्यमलाई सहुलियत सहित राष्ट्रिय कार्यक्रमका रूपमा योजनागत अभिप्रेरित गर्ने
तेस्रो,
पाठ्यक्रम र शैक्षिक कार्यक्रममार्फत समेत देशको आवश्यकताका प्राविधिक-सैद्धान्तिक शिक्षा प्राथमिकता निर्धारण गर्ने आमविश्वास निर्माण नगर्दासम्म देश रित्तिने नै हो।
पुँजी बजारका खास मालिकहरूले नै खासमा देश बन्न दिँदैनन् । चमत्कार त कुनै समाजमा हुँदैन । आशाको चमत्कार भने समाजवादी हुँ भन्नेको स-साना व्यवहारले नै निर्माण गर्नसक्छ ।






