मगर संघ युके केन्ट शाखाको अधिवेशन नोभेम्बरमा

SHARE:

एटा संवाददाता
केन्ट । मगर संघ युके केन्ट शाखाको ७ औं अधिवेशन आगामी नोभेम्बर ४ तारिख आइतबार हुने भएको छ ।

आस्फोर्ड, केन्टमा ६ अक्टोबरका दिन बसेको केन्ट शाखाको नियमित त्रैमासिक बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकमा निर्वाचन मण्डलका सचिव सीता पुनले अक्टोबर २१ तारिखभित्र उम्मेदवारी दिइसक्न आह्वान गर्दै निर्वाचन प्रणालीबारे प्रस्ट पारिन् । निर्वाचनबाट नयाँ कार्यसमिति चयन गर्न दीपक काउचाको नेतृत्वमा चार सदस्यीय निर्वाचन मण्डल गठन गरिएको छ । समितिमा सीता पुन, होम रोका र रुद्र थापा छन् ।
बैठकमा संस्थाको आर्थिक कोष, सम्पत्तिको आन्तरिक लेखा परीक्षण र महिला उपसमितिको पनि आर्थिक विवरण प्रस्तुत गरिएको थियो ।

गत वर्ष बुद्धिलाल गाहाद्वारा निर्मित ‘सालीभेना’ फिल्म प्रदर्शन गरेर गोरेबहादुर खपाङ्गी फाउन्डेशनलाई खपाङ्गीको जिवनीग्रन्थ प्रकाशनार्थ आर्थिक सहयोग जुटाइएको थियो । यस सहयोगार्थ रु ७९,२०० (५२० पाउन्ड) फाउन्डेशनले प्राप्त गरिसकेको जानकारी कोषाध्यक्ष रामु थापाले दिए । त्यसैगरी काठमान्डु भ्यु टावर परियोजनामा लगानीको अवसरबारे पनि चर्चा गरिएको थियो ।

बैठकको अन्त्यमा विजय हितानमगरद्वारा निर्मित प्रथम सहिद लखन थापामगरको जीवनमा आधारित नाटक ‘सहिदको सपना’ प्रदर्शन गरिएको थियो । संस्थाका अध्यक्ष हितानमगरको सभापतित्वमा सम्पन्न बैठकलाई सचिव ईश्वर आलेले सञ्चालन गरेका थिए ।

बैठकमा संस्थाका प्रायःजसो सबै पदाधिकारी, सल्लाहकार, महिला उपसमितिका सदस्य, मगर बिजिनेस फोरमका सदस्य, मगर संघ युके केन्द्रीय सदस्य र अन्य सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!