काठमाडौँ : नेपाल आदिवासी जनजाति महासंघ ३ नं प्रदेशको संयोजकमा काजिमान थिङ सर्वसम्मत रुपमा चयन भएको छ । जनजाति महासंघको प्रथम भेलाले थिङलाई सर्वसम्मत रुपमा संयोजक चयन गरेको हो ।
उनले संयोजक भएपछि आफ्नो जिम्मेवारीलाई प्रभावकारी ढंगले निर्वाह गर्ने बताएका छन् । साथै भेलामा सहभागी जातीय संघसंस्था प्रति आभार प्रकट गरेका छन् ।






