शहीद स्मारक ए डिभिजन लिग नेपाल पुलिस क्लब विजयी

SHARE:

काठमाडौँ : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीबार भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई १–० गोलले पराजित गरेको छ ।
एन्फा मैदान सातदोबाटोमा भएको खेलमा पुलिसका लागि ३२औँ मिनेटमा अजित भण्डारीले गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।

त्यसअघि जावलाखेलका गोलरक्षक टिकेन्द्र थापाले पुलिसको दुई सुन्दर प्रयासलाई विफल बनाएका थिए । सुमन लामाले छ यार्डभित्रबाट गरेको प्रहार उनले रोकेका थिए । त्यसअघि हेम तामाङको लामो दूरीको प्रहार पनि उनले उत्कृष्ट डाइभ दिँदै रोके ।

खेलमा पुलिसका तेज तामाङ म्यान अफ दि म्याच घोषित हुँदै रु १० हजार प्राप्त गरे । जितसँगै पुलिसले तीन अङ्क जोडेको छ । शुक्रबार बिहान ११ बजे एन्फा मैदानमा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र एपिएफ तथा ३ बजे हुने दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र मनाङ मस्र्याङ्दी प्रतिष्पर्धा गर्नेछन् । पहिलो राउन्डको खेल सकिएलगत्तै २७ गतेदेखि लिग एक महिनाका लागि लिग स्थगित हुने एन्फाले जनाएको छ । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक विस २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो । लिगमा ए डिभिजनका १४ क्लब थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!