नेपाली फिचर फिल्म ‘नाकछोङ’ २० जुलाइमा यूकेमा प्रदर्शन

SHARE:

लन्डन २५ जून २०२५ । नेपाली फिचर फिल्म ‘नाकछोङ’ (बिजुवा)को आगामी २० जुलाईमा यूकेमा प्रदर्शन हुने भएको छ ।

चलचित्रकी नायिका सुष्मा सुब्बाले नाकछोङ चलचित्र आसफोर्ड यूकेमा पहिलोपटक प्रदर्शन हुन लागेको जानकारी दिएकी हुन् । ‘मैले पनि अभिनय गर्ने अवसर पाएको हाम्रो नेपाली संस्कृति बोकेको चलचित्र ‘नाकछोङ’ यही आउँदो जुलाई २० का दिन आसफोर्ड यूकेमा पहिलो पटक प्रदर्शन हुन गइरहेको छ । यहॉहरू सबैलाई चलचित्र हेरेर प्रतिक्रिया दिनुहुन विनम्र अनुरोध गर्दछु,’ नायिका सुष्माले फेसबुकमा लेखेकी छिन् ।

ज्योतिराज राई प्रस्तुतकर्ता रहेको फिल्ममा मुख्य कलाकार भुवन सिंह राईलाई प्रस्तुत गरिएको छ । पोस्टरको पृष्टभूमिमा देखिएको काठमाडौँ सहर र बिजुवा पनि समेटिएको छ ।

फिल्ममा भुवन सिंह राई, यासेली योङ्हाङ, सुष्मा सुब्बा गुरुङ, सारा राई, ताया हाङ राई, अनुशा राई, सरोज राई, उत्तम राई, पूर्ण लिम्बु, त्रिचु राई, दिनेश कोइराला, हेम दिलुङ्छा राई, उदय सुब्बा कुरुङ्बाङ, विनोद पोमो , तुलशा लिम्बु , मदन खोदूङ राई ,ससिता राई रसा लिम्वू , मीसन बान्तावा राई,सागर केरुङ,बबिन राई र बाल कलाकार जेशन राई लगायतको अभिनय रहेको छ ।

फिल्मको निर्देशन किरण राईले गरेका हुन् । किरणको यो निर्देशनमा तेस्रो फिल्म हो । उनले यसअघि ‘लुङा’ र ‘जिउपंचौ’ निर्देशन गरेका थिए ।

फिल्ममा लेखन समेत किरणकै छ पोपीराज राई निर्माता रहेको फिल्मको छायांकन बाबु श्रेष्ठले गरेका हुन् । राजन मुकारुङ र विष्णु किरातीको शब्द, दिनेशकाजी बान्तवा, अनिल कोई राईको संगीत रहेको फिल्मको गीतमा नोगेन लिम्बु र परेस राईले स्वर दिएका छन् ।

फिल्मको मुख्य सहायक निर्देशक बारत लिम्बु रहेका छन् । कार्यकारी निर्माता रमु श्रेष्ठ रहेको फिल्मको पटकथा सम्पादन निर्देशक किरण र निर्माता ज्योती राजले मिलेर तयार पारेका हुन् भने पार्श्व संगीत मोनिष निरौला, कलर अनिल राना, ध्वनि संयोजन र मिक्सिङ सागर अर्यालको रहेको फिल्मका निर्माण नियन्त्रक दोय गिरीराज राई र कमल लिम्बु (सार्के) रहेका छन् ।

निर्माता ज्योतीराजले फिल्मको निर्माण आफ्नो परम्परा जोगाएर पुस्तान्तरण गर्नु रहेको बताए । हरेक चाड, विवाह, कुलपितृ, मर्दापर्दा , रीति भेसभुषामा आवश्यक बिजुवा (नाकछोङ)को संरक्षणका लागि फिल्म निर्माण गरिएको हो ।

निर्माता ज्योतीराजले यसअघि ‘लुङ्गा’, संगम, त्रिवेणी, पापी मान्छे, वान वे प्रोडूसर , लगायत फिल्म का साथै चर्चित टिभी सिरिजहरु पनि निर्माण गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!