लन्डन ३० जून २०२५ । गायिका श्रेयसी चेम्जोङ लिम्बु र गायक सुमन मगरको स्वरमा सजिएको नयाँ गीत सार्वजनिक भएको छ। उक्त गीतको शब्द जनु काम्बाङ लिम्बुले लेखेकी हुन् भने संगीत, एरेञ्ज, मिक्सिङ र मास्टरिङ्ग आशोक लोहोरुङ राईले गरेका छन् ।
शिरैमा शिरफूल गीत सोमबार जानु काम्बाङ लिम्बु अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । म्युजिक भिडियोको सम्पादन सुमन मगर, निर्देशन ३एस स्टुडियोको सहकार्यमा गरिएको हो ।
भिडियोमा श्रेयसी चेम्जोङ लिम्बु र सुमन मगरले नै अभिनय गरेका छन्। क्यामेरा युनिश मेवाहाङले सम्हालेका छन् भने मेकअपको जिम्मेवारी सोनी राईले निर्वाह गरेकी छन् ।
उक्त गीतको रेकर्डिङ्ग कार्य काठमाडौंस्थित अन्नपूर्ण डिजिटल स्टुडियोमा सम्पन्न गरिएको हो । गीतले दर्शकस्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको गीतकार जानु काम्बाङ लिम्बुले जानकारी दिइन् । जानुको दर्जनौं गीत, पुस्तक र साहित्यिक रचना प्रकाशनमा आइसकेका छन् ।






