लन्डन ३० जून २०२५ । चर्चित लोक तथा दोहोरी कलाकार प्रसाद खप्तरी मगर र देवी आले मगर ६ महिनाको बेलायत भ्रमणपछि स्वदेश फर्किएका छन् । उनीहरू लन्डनस्थित हिथ्रो विमानस्थलबाट सोमबार नेपाल फर्किएका हुन् ।
मगर संघ यूएचएसबी शाखाको निमन्त्रणामा उनीहरू जनवरीको पहिलो साता बेलायत आएका थिए । यहाँ उनीहरुले माघे संक्रान्तिसहित दर्जनौं सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिएका थिए ।
बिदाइका क्रममा मगर संघ यूएचएसबी शाखाका अध्यक्ष वीर बलाल, कृष्ण तनुजा थापा दम्पती लगायतका व्यक्तित्वहरू हिथ्रो एयरपोर्टमा पुगेका थिए । कलाकार प्रसादले सबै आयोजक तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गरेका छन् ।







